+
+
Shares

नारायणगढ–मुग्लिङ सडकखण्डको तुइन खोलामा पहिरो, आवागमन एकतर्फी

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १ गते ६:५९
नारायणगढ–मुग्लिङ सडक खण्डको तुइन खोलामा गएराति खसेको पहिरो

१ असोज, काठमाडौं । नारायणगढ–मुग्लिङ सडक खण्डको तुइन खोलामा गएराति पहिरो खसेपछि अवरुद्ध भएको सडक एकतर्फी खुलाइएको छ ।

पहिरो पन्छाएर दुईतर्फी नै खुलाउने प्रयास भइरहेको मुग्लिङ प्रहरीले जनाएको छ ।

सडक दुईतर्फी सञ्चालन गर्न गाडीहरुलाई रोकिएको छ । पहिरो हटाउन कम्तिमा २ घण्टा लाग्ने अनुमान छ ।

गएराति ठूलो ढुंगासहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो । सडकमा सवारी साधनहरु रोकिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?