+
+
Shares

जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको सम्झनामा दीप प्रज्वलन

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १ गते १८:१६

१ असोज, काठमाडौं । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरूको सम्झनामा दीप प्रज्वलन गरिएको छ ।

नेपाल पत्रकार महासंघ, एनसीसी अल्मुनाइ एशोसिएशन नेपाल, जेनजी युवा समूह लगाएत संघ संस्थाहरुले बुधबार दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै माइतीघर मण्डलमा छुट्टा छुट्टै दीप प्रज्वलन गरेका हुन् ।

सो क्रममा उनीहरूले मौनधारण समेत गरेका थिए ।

भदौ २३ र २४ गते भएको आन्दोलनको क्रममा कम्तिमा ७४ जनाको ज्यान गएको छ ।

सरकारले जेनजी युवाहरुको आन्दोलनका क्रममा मृत्यु भएका व्यक्तिहरुको सम्मान स्वरूप बुधबार राष्ट्रिय शोक मनाउँदै सार्वजनिक बिदा दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?