
News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले घोषित मितिमा चुनाव सम्पन्न गर्न सबैले अन्तरिम सरकारलाई सघाउनुपर्ने बताएका छन्।
- श्रेष्ठले जेनजी आन्दोलनका उपलब्धीहरुलाई हाइज्याक गर्ने र धोका दिने सम्भावना भएकाले सबैलाई सचेत रहन अपील गरेका छन्।
- उनले सिंहदरबार लगायत सरकारी कार्यालयमाथि आक्रमण गर्नेहरूलाई कारबाही गर्नुपर्ने र दमन प्रतिक्रान्तिकारी हुने धारणा व्यक्त गरेका छन्।
१ असोज, काठमाडौ । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायाणकाजी श्रेष्ठले घोषित मितिमा चुनाव सम्पन्न गर्नका लागि अन्तरिम सरकारलाई सबैले सघाउनुपर्ने बताएका छन् ।
उनले जेनजी आन्दोलनका उपलब्धीहरुलाई हाइज्याक गर्ने र धोका दिने संभावना हुने भएकाले यसमा खबरदारी गर्न अपील गरेका छन् ।
‘राष्ट्रिय सार्वभौमिकता र लोकतन्त्रको रक्षाका लागि सचेत भएर अघि बढ्नुपर्छ । जेनजी आन्दोलनको मुद्दालाई सम्बोधन गर्नुपर्छ । यसका उद्देश्यलाई घात गर्ने काम नहोस् भन्नेमा सबै सचेत रहनुपर्छ,’ श्रेष्ठले बुधबार भिडियो वक्तव्य जारी गर्दै भनेका छन्,’अहिले घोषित मितिमा चुनाव गर्ने र सरकारलाई सफल बनाउनुपर्छ ।’
उनले जेनजी आन्दोलनको माग भ्रष्टाचार र सुशासन पनि भएकाले यसमा पनि ध्यान दिनुपर्ने बताएका छन् । उनले सिंहदरबार लगायतका सरकारी कार्यालय भवनहरूमाथि आक्रमण गर्नेहरूलाई कारबाही गर्नुपर्ने माग गरेका छन् ।
उनले जेनजी आन्दोलनका नेताहरूलाई नै दमन गर्ने कार्यभए त्यो प्रतिक्रान्तिकारी दमन हुने उनको धारणा छ । ‘अघिल्लो दिनको हत्याबाट केही प्रतिक्रियात्मक गतिविधि जनसमुदायबाट भएका रहेछन् भने त्यसलाई स्वाभाविक रुपमा लिनुपर्छ । जुनसुकै आन्दोलनमा यस्ता गतिविधि र घटना हुन्छन् नै’ उनले भनेका छन्,’ कारबाहीको नाममा आन्दोनलकारी माथि नै प्रतिक्रान्तिकारी दमन गरियो भने स्वीकार्य हुन सक्दैन ।’
प्रतिक्रिया 4