+
+
Shares

जेनजी आन्दोलनको आडमा राजनीतिक परिवर्तनमाथि धावा बोलिँदैछ : प्रकाशमान सिंह

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २ गते १०:५०
Photo Credit : NAN

२ असोज, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जेनजी युवा आन्दोलनको आडमा राजनीतिक दलहरुले ल्याएका उपलब्धिमाथि धावा बोलिएको टिप्पणी गरेका छन् ।

बिहीवार गणेशमान सिंहको २८ औं पुण्यतिथिमा आयोजित स्मृति सभालाई सम्बोधन गर्दै उनले राजनीतिक उपलब्धि सुरक्षित राख्दै त्यसलाई संस्थागत गरेर आम नेपाली जनताको चाहनाअनुसार काम गर्नुपर्ने जिम्मेवारी रहेको बताए ।

उनले भने, ‘अहिलेको वर्तमान परिस्थितिमा जुन जेनजीको प्रदर्शन भयो । यसले के देखाएको छ भने जेन जीको आन्दोलनको कभरअपमा यहाँ दल र दलले गरेको कन्ट्रिब्युसन केही होइन भनेर मेट्नको लागि दुष्प्रयास गरिरहेको छ ।’

जेनजीको प्रदर्शनको क्रममा सिंहदरबार, संसद भवन, सर्वोच्च अदालत, विराटनगरको कोइराला निवास, बाँडेगाउँस्थित कृष्णप्रसाद भट्टराईको आश्रम, ठमेलको चाक्सीबारीस्थित गणेशमान सिंह निवास लगायतका सरकारी तथा निजी सम्पत्तिमा आगजनी गरिएको भन्दै उनले यसको निष्पक्ष छानबिन हुनुपर्ने माग राखे ।

उनले लोकतन्त्रमाथि खेल्ने काम नगर्न चेतावनी पनि दिए । यसतर्फ वर्तमान सरकार सतर्क रहनुपर्ने पनि बताए ।

‘प्राप्त गरेका अधिकार सुरक्षित राख्दै त्यसलाई संस्थागत गरेर आम नेपाली जनताको चाहनाअनुसार काम गर्नुपर्छ,’ उनले भने, ‘जसले यहाँ खेल्न प्रयास गरिरहेका छन्, त्यसमा सरकार अलर्ट हुनुपर्छ ।’

नेता सिंहले लोकतन्त्रात्मक पद्धतिमा जनताले चित्त नबुझाएको कुराहरु सुधार गरेर राजनीतिक दलहरु अघि बढ्नुपर्ने बताए । जनतालाई केन्द्रबिन्दुमा राखेर अघि बढ्नुपर्ने सन्देश अहिलेको आन्दोलनले दिएको भन्दै सिंहले अहिलेको परिस्थितिबाट देशलाई माथि उकास्न नेपाली कांग्रेसले नेतृत्व लिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?