+
+
Shares

चोभारमा विश्वकर्माको मूर्ति बिसर्जन (तस्वीरहरू)

विकास श्रेष्ठ विकास श्रेष्ठ
२०८२ असोज २ गते २०:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • २ असोजमा काठमाडौंमा विश्वकर्मा पूजाको अवसरमा बागमती नदीमा मूर्ति बिसर्जन गरिएको छ।
  • विश्वकर्मा पूजामा कलकारखाना रङ्गीचङ्गी पारेर फलामे औजारहरुको पूजा गरिन्छ।
  • अघिल्लो दिन पूजा गरिसकेपछि मूर्ति नदीमा बिसर्जन गर्ने परम्परा छ।

२ असोज, काठमाडौं । आश्विन संक्रान्ति बिहीबारका दिन विश्वकर्मा पूजा गरी आज बिसर्जन गरिएको छ । बागमती नदी बग्‍ने चोभारमा नाँचगानका साथ विश्वकर्मा बाबाको मूर्ति बिसर्जन गरिएको हो ।

खास गरी विश्वकर्मा पूजामा कलकारखाना रङ्गीचङ्गी पार्नुका साथै आफ्नो घरमा भएका फलामे औजारहरुको पूजा गर्ने गरिन्छ ।

तर, केहीले विश्वकर्माको मूर्ति नै बनाएर पूजा गर्ने गर्छन् । अघिल्लो दिन धुमधामका साथ पूजा गरिसकेपछि भोलिपल्ट पायक पर्ने नदीमा मूर्ति बिसर्जन गर्ने गरिन्छ ।

सोही क्रममा काठमाडौंमा बागमतिलगायत नदीहरुमा विश्वकर्माको मूर्ति बिसर्जन गरिएको छ ।

हेर्नुहोस् तस्वीरहरू :

लेखक
विकास श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?