+
+
Shares

बूढानीलकण्ठ नगरपालिकाले भन्यो : जलेका नोटमा कारोबार नगर्नू

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ३ गते १३:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाले जलेका पैसाका नोटहरूको कारोबार नगर्न व्यवसायीलाई आग्रह गरेको छ।
  • नगरपालिकाले जलेका नोटबाट कारोबार भएमा कार्यालय वा नजिकको प्रहरी कार्यालयमा खबर गर्न अनुरोध गरेको छ।
  • भदौ २४ गतेका प्रदर्शनका क्रममा जलेका नोट भेटिएको भिडियो सार्वजनिक भए पनि कांग्रेस सभापति देउवाको सचिवालयले खण्डन गरेको छ।

३ असोज, काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिकाले जलेका पैसाका नोटहरूको कारोबार नगर्न आग्रह गरेको छ ।

नगरपालिकाले एक सूचना जारी गर्दै जलेका नोटहरूबाट कारोबार भए गरेको पाइएमा नगरपालिकाको कार्यालय वा नजिकको प्रहरी कार्यालयमा खबर गर्न आग्रह गरेको छ ।

भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा नेता र व्यवसायीका घर तथा प्रतिष्ठानमा भएको आगजनीका क्रममा जलेका नोटहरू भेटिएको भिडियोहरू सार्वजनिक भएका थिए ।

बूढानीलकण्ठमा पनि कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा प्रदर्शनकारीले आगजनी गरेपछि जलेका नोट भेटिएको समाचार तथा भिडियोहरू आएका थिए ।

 यद्यपि सभापति देउवाको सचिवालयले ती भिडियोलाई कपोकल्पित र भ्रामक भन्दै खण्डन गरेको छ ।

प्रदर्शनकारीले आन्दोलनको फाइदा उठाउँदै लुटपाट मच्याएको समाचार सार्वजनिक भइरहेका बेला बूढानीलकण्ठ नगरपालिकाले नगरभित्र व्यवसाय सञ्चालन गर्ने व्यवसायीलाई जलेका नोटमा कारोबार नगर्न आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?