+
+
Shares

बुढाहरू आउन भएन भनेर गगन दाईलाई भनेको छु : सुदन गुरुङ

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ४ गते १६:४४

४ असोज, काठमाडौं । हामी नेपालका संयोजक सुदन गुरुङले नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापालाई अब पुराना नेताहरू नेतृत्वमा आउन नहुने सुझाव दिएको बताएका छन् ।

शुक्रबार राष्ट्रपति निवास शीतलनिवासमा संविधान दिवसको अवसरमा परेर चियापान तथा शुभकामना कार्यक्रम आयोजना गरेको थियो ।

सो कार्यक्रममा पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्री, निवर्तमान सांसदहरूदेखि नयाँ पुस्ताका अगुवाहरूसमेत उपस्थित थिए । पछिल्लो समय चर्चाको शिखरमा रहेका गुरुङ पनि त्यहाँ उपस्थित भएका थिए ।

सोही कार्यक्रममा पुगेका महामन्त्री थापासँग सुदनले केहीबेर गफ गरेका थिए ।

सो क्रममा अब बुढा नेताहरू नेतृत्वमा आउन नहुने सुझाव गगनलाई दिएको शनिबार एक भिडियो सन्देशमार्फत सुदनले बताएका छन् ।

‘मैले गगन दाईलाई नि भेटेँ, यस्तो तालले भएन दाई, तपाईंहरू के के गर्नु हो गर्नु, यो बुढाहरू यसरी आउन भएन भनेर भनेको छु,’ गुरुङले भनेका छन् ।

उनले संविधानकै कारण पुराना नेताहरू जोगिएको समेत गगनलाई बताएको भनेका छन् ।

‘तपाईंहरूलाई प्रोटेक्ट गरेको भनेको संविधानले हो । संविधान फालेको भए, प्रेसिडेन्ड (राष्ट्रपति) पनि जान्थ्यो, स्टेट अभिभावकलेस हुन्थ्यो,’ गगनसमक्ष आफूले राखेको कुरा उनले भनेका छन् ।

विशेषगरी गत २३ र २४ भदौमा भएको जेनजीहरूको आन्दोलनपछि गुरुङ चर्चामा छन् । उनी केपी शर्मा ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिएपछि बनेको नयाँ सरकार गठन प्रक्रियामा पनि सामेल थिए ।

राष्ट्रपति निवासमा भएको शपथ ग्रहण कार्यक्रममा त उनले अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीलाई खुट्टामा ढोगेका थिए ।

जुन विषय सामाजिक सञ्जालमा पनि चर्चाको केन्द्र बनेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?