१४ चैत, काठमाडौं । अहिले साँझ गृहमन्त्रालयमा बसेको छलफल केहीबेरअघि सकिएको छ । गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्की र सशस्त्र प्रहरी बल नेपालका आईजीपी राजु अर्याललगायतका सुरक्षा अधिकारीसँग गृहमन्त्रालयमा छलफल गरेका हुन् ।
दिनभरको घटनाक्रम र सुरक्षा अवस्थाबारे जानकारी लिन गृहमन्त्री गुरुङले छलफल बोलाएको स्रोत बतायो ।
सरकारले हिजो मात्रै जेनजी आन्दोलनका घटनाको छानबिन गर्न बनेको गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।
सोही निर्णयका आधारमा आज बिहानै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई प्रहरीले पक्राउ गरेको छ । त्यसयता काठमाडौंलगायत देशभर दिनभर प्रदर्शन भइरहेको छ । काठमाडौंका सडकमा केहीबेर स्थिति तनावग्रस्त समेत बनेको थियो ।
यिनै घटनाक्रममा समीक्षा र आगामी कदमबारे अहिलेको छलफलमा कुराकानी भएको स्रोत बताउँछ ।
प्रतिक्रिया 4