+
+
Shares

नवनियुक्त शिक्षा मन्त्रीको पदभार ग्रहण केशरमहलमा

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ६ गते ९:२३

६ असोज, काठमाडौं । नवनियुक्त शिक्षामन्त्रीको पदभार ग्रहण लैनचौरस्थित केशरमहलमा हुने भएको छ । सिंहदरबारभित्र रहेको शिक्षा मन्त्रालयको भवन जेनजी युवा आन्दोलनको क्रममा आगजनी भएकाले केशरमहलमा पदभार ग्रहण हुन लागेको हो ।

नवनियुक्त शिक्षा मन्त्रीका लागि केशरमहलमा कार्यकक्ष तयार भइसकेको मन्त्रालयका एक अधिकारीले बताए ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको रुपमा वैज्ञानिक महाविर पुन सिफारिस भएका छन् । नवनियुक्त मन्त्रीहरुको शपथ ग्रहण समारोह कार्यक्रम आज दिउँसो २ बजे शीतल निवासमा निर्धारण गरिएको छ ।

शिक्षा मन्त्रीमा सिफारिस भएका पुनले फेसबुकमा स्टाटस राखेर आफूलाई बधाई नदिन र खादामाला नल्याउन भनेका छन् । उनले लेखेका छन्, आफूलाई मन्त्री नभन्न पनि अनुरोध गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा पहिलो घोषणा भन्दै लेखेका छन्, ‘मलाई मन्त्री नभन्नुहोला । कसैलाई मन्त्री भन्न साह्रै रहर छ भने कबाडी वैज्ञानिक मन्त्री भन्नुहोला ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?