
६ असोज, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सिफारिस भएका वैज्ञानिक महावीर पुनले आफूलाई मन्त्री भनेर सम्बोधन नगर्न आग्रह गरेका छन् ।
प्रधानमन्त्री सुशीला कार्कीले आइतबार मन्त्री नियुक्तिका लागि पुनको नाम राष्ट्रपतिलाई सिफारिस गरेपछि उनले यस्तो आग्रह गरेका हुन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा पहिलो घोषणा भन्दै लेखेका छन्, ‘मलाई मन्त्री नभन्नुहोला । कसैलाई मन्त्री भन्न साह्रै रहर छ भने कबाडी वैज्ञानिक मन्त्री भन्नुहोला ।’
पुनले आफूलाई फोन गरेर बधाई दिनुका साथै खादा, माला लिएर नआउन पनि भनेका छन् । बरु शिक्षा, विज्ञान र प्रविधिको क्षेत्रमा पाँच महिनाको अवधिमा गर्न सकिने र गर्नैपर्ने ठोस काम र आइडिया भए ह्वाट्स एपमा सेयर गर्न भनेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4