News Summary
Generated by OK AI. Editorially reviewed.- प्रतिनिधिसभा सदस्य महावीर पुनले नातावाद, कृपावाद, चाप्लुसीवाद र चाकरीवादबाट बच्न सरकारलाई सुझाव दिएका छन्।
- उनले नेपालमा यस्तो भाइरस रणबहादुर शाहको शासनकालदेखि सुरु भएको बताए।
- पुनले राणा शासन अन्त्यपछि पनि यस्तो प्रवृति जारी रहेको र सरकार, दल र सांसदले यसबाट बच्नुपर्ने बताए।
२५ चैत, काठमाडौं । प्रतिनिधिसभा सदस्य महावीर पुनले नातावाद, कृपावाद, चाप्लुसीवाद र चाकरीवादबाट बच्न सरकारलाई सुझाव दिएका छन् ।
‘नेपालमा एउटा भाइरस छ । त्यो भाइरस भनेको नातावाद, कृपावाद, चाप्लुसीवाद र चाकरीवाद हो,’ बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, ‘यो भाइरस खासगरी नेपाल एकीकरण भएपछि रणबहादुर शाह उहाँ नावालक राजा हुनुभयो । त्यो बेलादेखि सुरु भएको हो ।’
राणा शासन अन्त्य भयो, प्रजातन्त्र, गणतन्त्र आउँदा समेत यस्तो प्रवृति रहेको भन्दै उनले यस्तो भइरसबाट सरकार, राजनीतिक दल र सांसदहरू बच्नुपर्ने उनको आग्रह छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4