+
+
Shares

मेरो भूमिका निष्पक्ष हुनेछ : महावीर पुन

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत १९ गते १७:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्वतन्त्र सांसद महावीर पुनलेले संसदमा आफ्नो भूमिका पक्ष र विपक्षभन्दा निष्पक्ष हुने बताएका छन्।
  • उनले आफू समाजसेवी भएकोले सांसद हुन नचाहेको र जेन–जी आन्दोलनपछि मात्र उम्मेदवार बनेको बताए।
  • शिक्षामन्त्री हुँदा शिक्षा क्षेत्रमा सुधारका लागि तीन विधेयक र चार नियमावली तयार पारेको उनले जानकारी दिए।

१९ चैत, काठमाडौं । प्रतिनिधिसभाका स्वतन्त्र सांसद महावीर पुनलेले संसदमा आफ्नो भूमिका सतापक्ष र प्रतिपक्षभन्दा पनि निष्पक्ष हुने बताएका छन् ।

बिहीबार संसदको पहिलो बैठकमा सम्बोधन गर्दै उनले आफू सांसद हुनै नपर्ने मान्छे सांसद भएर आएको पनि बताए ।

संसदमा आफू अरु सांसद भन्दा फरक रहेको बताउँदै उनले बोल्ने शैली, काम गर्ने तरिका सबै अरुको भन्दा आफ्नो पृथक रहेको जिकिर गरे ।

‘म अमेरिका पढेर २०४९ साल भदौमा आएको, अहिलेसम्म ३३ वर्षभन्दा बढी काटिसक्यो, एउटा झोला बोकेर पूर्णकालिन समाजवेशीको रुपमा काम गरिरहेको छ । म राजनिति गर्ने राजनितिज्ञ होईन । म समाजसेवी हुँ र समाजसेवी नै रहनेछु,’ उनले भने, ‘सदनमा मेरो भूमिका पक्ष विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ । समाजसेवी भएको हुनाले मलाई प्रतिनिधि सभा सदस्यमा उम्मेद्वार हुने कुनै रहर थिएन, मैले सोचेको पनि थिएन ।’

उनले आफू कहिल्यै सांसद हुने कल्पना नगरेपनि जेन–जी आन्दोलनपछि शिक्षामन्त्री हुँदा केही अध्यादेश ल्याउन खोजेको तर ल्याउन नसकेपछि निर्वाचनमा उम्मेद्वार बनेको बताए ।

उनले भदौ २३ र २४ गते जेन–जी आन्दोलनपछि किताब बेचिरहेको मान्छे मन्त्री बनेको बताए ।

शिक्षामन्त्री बनेपछि शिक्षा क्षेत्रमा भएका अनेकौं समस्याहरू, चरम राजनीतिकरण र विकृति देखेकोले त्यसलाई सुधार गर्नको लागी प्रयास गरेको उनको भनाइ छ ।

विद्यालय, कलेज र विश्वविधालयहरुमा शैक्षिक वातावरण बनाउन ३ वटा विधेयकको मस्यौदा र चार वटा नियमावली बनाएर तयार पारिएको उनले जानकारी दिए ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?