+
+
Shares

आणविक निशस्त्रीकरणको मुद्दा छाडे ट्रम्पसँग वार्तामा बस्न किम तयार

आइतबार संसद्को सम्बोधनमा किमले राष्ट्रसंघीय प्रतिबन्धले आफ्नो मुलुकलाई अझ बलियो र लचिलो बनाएको दाबी गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ६ गते १३:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • उत्तर कोरियाका नेता किम जोङ उनले अमेरिकाले आणविक हतियार त्याग्न दबाब नदिए वार्तामा बस्ने बताएका छन्।
  • किमले भने, 'यदि अमेरिकाले हामीलाई आणविक निशस्त्रीकरण गर्ने बेतुकको सपना त्याग्छ र शान्तिपूर्ण सहअस्तित्व चाहन्छ भने हामी वार्तामा नबस्ने कुनै कारण छैन।'
  • किमले अमेरिकी राष्ट्रपति ट्रम्पसँगको भेटको मीठो सम्झना रहेको र वार्ताको सम्भावना रहेको संकेत गरेका छन्।

६ असोज, काठमाडौं । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले अमेरिकाले आफ्नो आणविक हतियार त्याग्न दबाब नदिए वार्तामा बस्ने बताएका छन् ।

उत्तर कोरियाले आणविक निशस्त्रीकरण गर्नुपर्ने भनेर अमेरिकाले बेतुकको तर्क गरिरहेको बताउँदै नेता किमले शान्तिपूर्ण सहअस्तित्व स्वीकार गर्न अपील गरे ।

उत्तर कोरियाली संसद्‌मा किमले भनेका छन्, ‘यदि अमेरिकाले हामीलाई आणविक निशस्त्रीकरण गर्ने बेतुकको सपना त्याग्छ र वास्तविकता स्वीकारेर शान्तिपूर्ण सहअस्तित्व चाहन्छ भने हामी अमेरिकासँग वार्तामा नबस्ने कुनै कारण छैन ।’

साथै किमले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटको सम्झना पनि ताजै रहेको बताए

‘व्यक्तिगतरूपमा मलाई अझै पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटको मीठो सम्झना छ,’ संसद्‌मा आइतबार किमको भनाइ उद्धृत गर्दै दक्षिण कोरियाली सरकारी समाचार संस्था केसीएनएले लेखेको छ ।

गत महिना अमेरिकी राष्ट्रपति ट्रम्पले दक्षिण कोरियाली राष्ट्रपति ली जे–म्युङले किम जोङ उनसँग भेट इच्छुक रहेको बताएका थिए ।

ट्रम्पले किमको बहिनीपछि आफूले मात्र उनलाई नजिकबाट चिनेको समेत दाबी गरेका थिए ।

ट्रम्पले यसै वर्ष अर्थात् सन् २०२५ भित्रै भेट हुन सक्ने समेत बताएका थिए ।

ट्रम्पको उक्त भनाइ पछि उत्तर कोरियाली नेता किम जोङ उनले निशर्त भेटको सम्भावनाको संकेत गरेका हुन् ।

ट्रम्पको पहिलो राष्ट्रपतीय कार्यकालमा किमसँग तीन पटक उच्च–स्तरीय शिखर बैठक भएको थियो ।

तर, अमेरिकाले आणविक निशस्कीरणको अडान छाड्दा ट्रम्प–किमबीच भएका शिखर वार्ता निष्कर्षविहीन रह्यो ।

अमेरिकाले उत्तर कोरियामा आणविक निशस्त्रीकरणको माग गर्दै आएको छ ।

२० अघिदेखि संयुक्त राष्ट्रसंघको कठोर प्रतिबन्धका बीच उत्तर कोरियाले आफ्नो आणविक र मिसाइल कार्यक्रमलाई निरन्तर अघि बढाइरहेको छ ।

उत्तर कोरियाले हरेक वर्ष १५ देखि २० आणविक हतियार थपिरहेको दक्षिण कोरियाली अधिकारी बताउँछन् ।

आइतबार संसद्को सम्बोधनमा किमले राष्ट्रसंघीय प्रतिबन्धले आफ्नो मुलुकलाई अझ बलियो र लचिलो बनाएको दाबी गरेका छन् । उत्तर कोरियामा २ करोड ६० लाख जनसंख्याले खाद्य संकटको सामना गरिरहेको प्रतिवेदनहरूले देखाउँछ ।

प्रतिबन्ध हटाउने सपना देख्दा शत्रुहरूसँग केही साटासाट गर्नुपर्ने भन्दै नेता किमले भनेका छन्, ‘त्यस्तो अवस्थामा वार्ता कहिल्यै हुनेछैन, अनन्तकालसम्म हुनेछैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?