+
+
Shares

काठमाडौंमा ट्याक्सीको डिक्कीभित्र ७ थान पेस्तोल र ३३ राउण्ड गोली भेटियो, एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ६ गते १६:४०
फाइल फोटो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं महानगरपालिका–१६ खरिबोटस्थित कार वास सेन्टरको पार्किङ स्थलबाट ७ थान पेस्तोल र ३३ राउण्ड गोलीसहित एक जना पक्राउ परेका छन्।
  • पक्राउ पर्नेमा उदयपुरगढी गाउँपालिका–८ घर भएका ३० वर्षीय हिराबहादुर मगर रहेको प्रहरीले जनाएको छ।
  • पक्राउ हिराबहादुरले पार्किङ गरेको ट्याक्सीको डिक्कीमा लुकाई राखिएको हातहतियार फेला परेको प्रहरीले बताएको छ।

६ असोज, काठमाडौं । ७ थान पेस्तोल र ३३ राउण्ड गोलीसहित एक जना पक्राउ परेका छन् ।

काठमाडौं महानगरपालिका–१६ खरिबोटस्थित कार वास सेन्टरको पार्किङ स्थलबाट पेस्तोल ७ थान, म्याग्जिन ६ थान, एसएलआरमा प्रयोग हुने गोली ३३ राउण्ड, ह्याण्ड सेटको ब्याट्री १ थान लगायतका सामान सहित एक जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा तारकेश्वर नगरपालिका–५ लोलाङ बस्ने उदयपुरगढी गाउँपालिका–८ घर भएका ३० वर्षीय हिराबहादुर मगर छन् । उनलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।

उक्त पार्किङ स्थलमा हिरा बहादुरले पार्किङ गरी राखेको बागमती प्रदेश ०१–००२ प ६४४९ नम्बरको ट्याक्सीमा विभिन्न हातहतियार रहेको भन्ने सूचनाको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

ट्याक्सी तलासी गर्दा डिक्की भित्र लुकाई छिपाई राखिएको उक्त हातहतियार फेला पारेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?