+
+
Shares

दुई महिनामा ३३ अर्ब बराबर एफडीआई स्वीकृत

उद्योग विभागका अनुसार भदौसम्म ३३ अर्ब ९ करोड २० लाख ५४ हजार रुपैयाँ बराबर एफडीआई स्वीकृत भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ६ गते १८:३८

६ असोज, काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिना (साउन–भदौ) मा ३३ अर्ब ९ करोड रुपैयाँ बराबर प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) स्वीकृत भएको छ ।

उद्योग विभागका अनुसार भदौसम्म ३३ अर्ब ९ करोड २० लाख ५४ हजार रुपैयाँ बराबर एफडीआई स्वीकृत भएको हो । यस अवधिसम्म अटोमेटिक रुटबाट १ अर्ब ३६ करोड र अप्रुभल रुटबाट ३१ अर्ब ७२ करोड ३८ लाख एफडीआई स्वीकृत भएको छ । भदौमा मात्र ८ अर्ब ९८ करोड ७० लाख एफडीआई स्वीकृत भएको छ ।

साउनको तुलनामा भदौमा एफडीआई स्वीकृति घटेको पाइएको छ । विभागका अनुसार साउनमा २४ अर्ब १० करोड बराबर एफडीआई स्वीकृत भएको थियो ।

उद्योग विभागले साउनमा भैँसीको मासु प्रशोधन उद्योग खोल्न २० अर्ब रुपैयाँ बराबर चिनियाँ लगानी स्वीकृत गरेको थियो । जसले गर्दा एफडीआई ह्वात्तै बढेको थियो ।

भदौमा समेत ठूला र मझौला उद्योगमा लगानी आएको देखिन्छ । दुई महिनामा कुल २ सय ३६ उद्योग दर्ता भएको विभागको तथ्यांक छ ।

यसरी दर्ता भएका उद्योगमध्ये ठूला उद्योग ७ छन् । जसमध्ये भदौमा मात्र ५ ठूला उद्योग दर्ता भएको देखिन्छ । दुई महिनामा ४ मझौला उद्योग दर्ता भएकोमा सबै भदौ महिनामा दर्ता भएका हुन् । कुल २ सय २५ साना उद्योग दर्ता भएकोमा १ सय उद्योग भदौमा दर्ता भएको विभागले जनाएको छ ।

आईटी र पर्यटनमा केन्द्रित एफडीआई

तथ्यांक अनुसार सूचना प्रविधि (आईटी) र पर्यटनमा एफडीआई बढी केन्द्रित देखिन्छ । दुई महिनामा दर्ता उद्योगमध्ये आईटीमा १ सय २० उद्योग दर्ता छन् । यो कुल दर्ताको ५१ प्रतिशत हो ।

दोस्रो स्थानमा पर्यटन छ । पर्यटनमा ७९ उद्योग दर्ता भएको देखिन्छ । जुन ३४ प्रतिशत हो । यसबाहेक सेवा १५, उत्पादन १२, कृषि ९ र ऊर्जामा १ उद्योग दर्ता भएको देखिन्छ ।

लगानीका हिसाबले दुई महिनामा सबैभन्दा धेरै कृषिमा प्रतिबद्धता आएको छ । कृषिमा २१ अर्ब ५९ करोड लगानी प्रतिबद्धता आएको छ । दोस्रो स्थानमा ६ अर्ब ६९ करोड रुपैयाँ सहित पर्यटनमा बढी लगानी प्रतिबद्धता आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?