
News Summary
Generated by OK AI. Editorially reviewed.- सञ्चारमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त कान्तिपुर र अन्नपूर्ण मिडिया नेटवर्कका कार्यालय निरीक्षण गर्नुभएको छ।
- मन्त्री खरेलले तोडफोडमा संलग्नहरुलाई निष्पक्ष छानबिन गरी कारबाही गर्ने प्रतिबद्धता जनाउनुभएको छ।
- खरेललाई कान्तिपुरका अध्यक्ष कैलास सिरोहिया र अन्नपूर्णका महाप्रबन्धक मनोज बस्नेतले क्षतिको विवरण जानकारी गराएका थिए।
७ असोज, काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड भएका कान्तिपुर मिडिया ग्रुप र अन्नपूर्ण मिडिया नेटवर्कका क्षतिग्रस्त संरचनाहरुको निरीक्षण गरेका छन् ।
मंगलबार सञ्चारमन्त्री खरेल, सञ्चार सचिवसहितको टोलीले कान्तिपुरको तीनकुनेस्थित कार्यालय तथा गैरीगाउँस्थित अन्नपूर्ण मिडिया नेटवर्कको कार्यालय निरीक्षणका गरेका हुन् ।
त्यसक्रममा उनले तोडफोडमा संलग्नहरुलाई निष्पक्ष छानबिन गरी कारबाहीको दायरामा ल्याउन सरकारले प्रयास गर्ने प्रतिबद्धता जनाए ।
कान्तिपुरको तीनकुनेस्थित कार्यालयको निरीक्षणका क्रममा उनले यस्तो तोडफोड संचार जगत् माथिकै आक्रमण भएको बताए ।
यसका साथै गैरीगाउँमा रहेको अन्नपूर्ण मिडिया नेटवर्कको कार्यालयमा पुगेर पनि सरकारले दोषिहरुलाई कारबाही दायरामा ल्याउन पहल गर्ने प्रतिबद्ध जनाए ।
उनले आन्दोलनको समग्र छानबिनका लागि जाँचबुझ आयोग समेत बनेकाले त्यसले पनि धेरै कुरा पहिचान गर्ने बताए । मन्त्री खरेललाई कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलास सिरोहियाले ब्रिफिङ गर्दै क्षतिको अवस्था अवगत गराएका थिए ।
अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले घटना र क्षतिको विवरणबारे मन्त्रीलाई जानकारी गराएका थिए ।
प्रतिक्रिया 4