News Summary
Generated by OK AI. Editorially reviewed.- प्रख्यात गजलकार गुलाम अली खानको तीन पुस्ता छोरा आमीर गुलाम र नाती नाजीर आमिर गुलामको स्वर समावेश नेपाली गजल ‘गजल उनकै गीत उनकै’ सार्वजनिक गरिएको छ।
- गीत मनोज खड्काको शब्द, मिलन मोक्तानको संगीत र किरण खरेलको एरेन्जमा तयार गरिएको छ र भिडियोमा दीपक घिमिरे र बर्षा कुवँर अभिनय गरेका छन्।
- गजलको भिडियो मिलन मोक्तानको निर्देशनमा तयार भएको छ र सुवास लोकेन्द्रले छायांकन तथा अर्जुन खड्काले सम्पादन गरेका छन्।
काठमाडौंँ । प्रख्यात गजलकार गुलाम अली खानको तीन पुस्ता छोरा आमीर गुलाम र नाती नाजीर आमिर गुलामको स्वर समावेश नेपाली गजल ‘गजल उनकै गीत उनकै’ सार्वजनिक गरिएको छ ।
आयोजित कार्यक्रममा गीत भिडियोसहित सार्वजनिक गरिएको हो । मनोज खड्काको शब्द रहेको गीतमा संगीत मिलन मोक्तानले दिएका छन् । एरेन्ज किरण खरेलले गरेका हुन् ।
गीतमा मोडल दीपक घिमिरे र बर्षा कुवँर (मिसेस ब्युटि क्वीन नेपाल २०२५’को अभिनय छ ।
केही अगाडि एक सांगीतिक कार्यक्रममा नेपाल आएका गुलाम अलीले केही गीत दिएका थिए । उनले दिएको अघिल्लो गजल ‘उनको एक मुस्कान काफी’ २०८१ चैत ५ गते नै रिलिज भैसकेको छ ।
दोस्रो गीत मंगलबार सार्वजनिक गरिएको हो । नयाँ गजल ‘गजल उनकै गीत उनकै’ले व्यक्तिले कुनै विषयमा आफ्नो मनमा उब्जिएको भाव व्यक्त गरेको छ । भिडियोमा पनि त्यस्तै कथा बुनिएको छ ।
मोक्तानकै निर्देशन रहेको भिडियोमा सुवास लोकेन्द्रको छायांकन र अर्जुन खड्काको सम्पादन छ ।
प्रतिक्रिया 4