+
+
Shares

पवन कल्याण, इमरान हासमीको ‘दे कल हिम ओजी’ बिहीबारदेखि नेपालमा

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ८ गते १९:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • तेलुगु ग्याङ्स्टर-एक्सन फिल्म 'दे कल हिम ओजी' बिहीबारदेखि विश्वभर र नेपालमा प्रदर्शनमा आउँदैछ।
  • नेसनल सिने ग्रुप नेपालले दीपक दंगालको नेतृत्वमा यो फिल्म वितरण गर्ने भएको छ।
  • फिल्ममा पवन कल्याण, इमरान हासमी, प्रियंका अरुल मोहन लगायतको मुख्य भूमिका छ र मुम्बईको भूमिगत संसारको कथा भन्छ।

काठमाडौं । बहुप्रतिक्षित तेलुगु ग्याङ्स्टर-एक्सन फिल्म ’दे कल हिम ओजी’ बिहीबारदेखि विश्वभर रिलिज हुँदैछ । सोही क्रममा यो फिल्म नेपाली हलमा समेत प्रदर्शनमा आउने भएको छ ।

फिल्मलाई नेसनल सिने ग्रुप नेपालले प्रदर्शनमा ल्याउन लागेको हो । दीपक दंगाल प्रमुख रहेको यो कम्पनीले यो मल्टिस्टारर फिल्मबाटै वितरण कार्य सुरु गर्न लागेको हो ।

दंगाल डेढ दशकदेखि फिल्म वितरणमा सक्रिय छन् । उनका अनुसार नेसनल सिने ग्रुप नेपालले भारतीय मात्र नभएर नेपाली र हलिउड फिल्मको वितरण समेत गर्ने भएको छ ।

‘दे कल हिम ओजी’को कुरा गर्दा, यसलाई सुजितले निर्देशन गरेका हुन् । पवन कल्याण, इमरान हासम् िप्रियंका अरुल मोहन, अर्जुन दास, प्रकाश राज, श्रीया रेड्डीको यसमा शीर्ष भूमिका छ ।

यो एक्सन, क्राइम र ग्याङस्टर ड्रामा फिल्मले मुम्बईको भूमिगत संसारको कथा भन्छ । मुम्बईको अन्डरवल्र्डबाट एक दशकसम्म बेपत्ता भएपछि ओजस गम्भीरा (पवन कल्याण) ओमी भाउ (इमरान हासमी)सँग बदला लिने उद्देश्यले फर्किन्छ ।

यो फिल्म अभिनेता हासमीको पहिलो डेब्यू समेत हो । १५५ मिनेट रनटाइमको यो फिल्मले रिलिजअघि नै चर्चा बटुलेको छ । रिलिजअघि नै यसले विश्वब्यापी ७५ करोड भारुको एड्भान्स टिकट विक्री गरेको जनाइएको छ ।

नेपाली हलहरूले पनि बुधबार बेलुकादेखि यो फिल्मको बुकिङ खुलाएका छन् । ‘चर्चित स्टारकास्टले भरिएको यो फिल्मले नेपाली दर्शकलाई मनोरञ्जन दिने कुरामा हामी ढुक्क छौं’ वितरक दंगालले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?