+
+
Shares

चन्द्रागिरिमा वृद्धा हत्या प्रकरण : कारण बन्यो जग्गा विवाद, छोरापछि आमा पनि पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ९ गते १२:३८

९ असोज, काठमाडौं । चन्द्रागिरि नगरपालिका–६ चेकपोष्ट महादेवस्थान घर भएकी ६८ वर्षीया पवित्रा केसी हत्याको कारण जग्गासँग जोडिएको खुलेको छ ।

पक्राउ परेका अभियुक्तलाई सोधपुछ गर्दा जग्गाको सिमाना विवादमा हत्या भएको खुलेको हो । घटनाको अनुसन्धान गरिरहेकी प्रहरी वृत्त थानकोटकी डीएसपी एलिजा गिरीका अनुसार जग्गाको सीमाना विवादमा हत्या भएको बताइन् ।

‘उहाँहरू जग्गाको संधियारी हुनुहुँदो रहेछ । जग्गाको साँध–सीमा विवाद भएपछि भएको अहिलेसम्मको अनुसन्धानले देखाएको छ,’ डीएसपी गिरीले भनिन् ।

६८ वर्षीया केसी हत्यामा प्रहरीले सुरुमा चन्द्रागिरिको थापागाउँका ३२ वर्षीय सरोज थापालाई पक्राउ गरेको थियो । अहिले उनकी आमा गंगा थापालाई पनि प्रहरीले पक्राउ गरेको छ ।

दुई जनालाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान अघि बढाएको छ । बुधबार चन्द्रागिरि नगरपालिका–६ चेकपोस्ट महादेवस्थान घर भई खहरे थापागाउँ माइतीघरमा बसेकी ६८ वर्षीया केसीको हत्या भएको थियो ।

दाउराको चिर्पटले टाउकामा हानेर हत्या गरिएको प्रहरीले बताएको छ । मृत महिलाको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?