
News Summary
Generated by OK AI. Editorially reviewed.- पशुपति क्षेत्र विकास कोषले बुधबारदेखि पशुपतिनाथ मन्दिरको दैनिक भेटी सार्वजनिक गर्न थालेको छ।
- बुधबार र बिहीबार गरी ३ लाख ३९ हजार ५८ रुपैयाँ भेटी उठेको कोषको तथ्यांक छ।
- बुधबार २ लाख ५ हजार ७ सय ५० र बिहीबार १ लाख ३३ हजार ३ सय ८ रुपैयाँ भेटी उठेको कोषले जनाएको छ।
९ असोज, काठमाडौं । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिरको दैनिक भेटी सार्वजनिक गर्न थालेको छ ।
कोषले बुधबारदेखि दैनिक भेटी अद्यावधिक गर्न थालेको हो । त्यस अनुसार बुधबार र बिहीबार गरी ३ लाख ३९ हजार ५८ रुपैयाँ भेटी उठेको कोषको तथ्यांक छ ।
कोषका अनुसार बुधबार २ लाख ५ हजार ७ सय ५० रुपैयाँ भेटी उठेको छ । बिहीबार भने १ लाख ३३ हजार ३ सय ८ रुपैयाँ रकम उठेको छ ।
बिहीबार मन्दिरबाट १ लाख १९ हजार ८ सय ८८, बासुकी भेटी १० हजार ५० र चन्दन भेटी ३ हजार ३ सय ७० रुपैयाँ संकलन भएको देखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4