+
+
Shares

पर्साको भिस्वामा गोली चल्यो, एक जना घाइते

‘के विषयमा विवाद भएर झडप भएको हो भन्ने खुलेको छैन, ताकेर गोली हानेको देखिँदैन, भीडमा कसैले गोली चलाएको रहेछ, एक जना घाइते भएर उपचारका लागि सदरमुकाम ल्याइएको छ,’, उनले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ९ गते २२:१७
सांकेतिक तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पर्साको छिपहरमाई गाउँपालिका–५ भिस्वामा दुई समूहबीच विवाद हुँदा गोली चलेर एक जना घाइते भएका छन्।
  • घाइते गोलु आलम धुनियाको खुट्टामा गोली लागेको छ र उनको वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ।
  • घटनापछि प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा लिएको र गोली चलाउनेको खोजी गरिरहेको छ, एसपी सुदीपराज पाठकले बताए।

९ असोज, काठमाडौं । पर्साको छिपहरमाई गाउँपालिकामा दुई समूहबीच विवाद हुँदा गोली चलेको छ ।

छिपहरमाई गाउँपालिकामा–५ भिस्वामा बिहीबार साँझ दुई समूहबीच विवाद हुँदा गोली चलेर एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक (एसपी) सुदीपराज पाठकले अनलाइनखबरलाई जानकारी दिए ।

घाइते हुनेमा सोही गाउँपालिका निवासी गोलु आलम धुनिया रहेका पाठले बताए । एसपी पाठनका अनुसार बिहीबार साँझ छिपहरमाई गाउँपालिकाको वडा नम्बर ३ र ५ का समूहबीच झडप भएको हो । उनीहरूबीच के विषयमा विवाद भयो भन्ने नखुलेको एसपी पाठकले बताए ।

‘के विषयमा विवाद भएर झडप भएको हो भन्ने खुलेको छैन, ताकेर गोली हानेको देखिँदैन, भीडमा कसैले गोली चलाएको रहेछ, एक जना घाइते भएर उपचारका लागि सदरमुकाम ल्याइएको छ,’, उनले भने ।

उनका अनुसार घाइते धुनियाको वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालामा उपचार भइरहेको छ । धुनियाको खुट्टामा गोली लागेको छ ।

घटनापछि प्रहरीले केही व्यक्तिलाई नियन्त्रणमा लिएको जनाएको छ । गोली चलाउनेको खोजी भइरहेको बताउँदै एसपी पाठकले विवादबारे प्रहरीले अनुसन्धान गर्ने बताए ।  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?