+
+
Shares

कामना सेवा विकास बैंकद्वारा मेची आँखा अस्पताललाई पानी प्युरिफायर र मोबाइल चार्जिङ स्टेशन हस्तान्तरण

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १० गते १४:५३

१० असोज, काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत झापाको बिर्तामोडस्थित मेची आँखा अस्पताललाई २ थान पानी प्युरिफायर र ४ थान मोबाइल चार्जिङ स्टेसन हस्तान्तरण गरेको छ ।

बैंकका कोशी प्रदेश प्रमुख खिमलाल भुसालले अस्पतालका वरिष्ठ प्रशासन अधिकृत प्रशान्त श्रेष्ठलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।

यो सहयोगबाट अस्पतालमा सेवा लिन आउने सबै वर्गका बिरामीहरू लाभान्वित हुने विश्वास व्यक्त गरिएको छ ।

विशेषगरी आर्थिक रूपमा कमजोर तथा विपन्न वर्गका सेवाग्राहीहरूका लागि यो सुविधाले उपचार प्रक्रियामा सहजता ल्याउने वरिष्ठ प्रशासन अधिकृत श्रेष्ठले बताए ।

बैंकको यस परोपकारी कार्यको लागि अस्पतालले धन्यवाद ज्ञापन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?