
११ असोज, काठमाडौं । विघटित प्रतिनिधि सभाका १६ जना पदाधिकारीले सुविधा वापत्त लिएको गाडी फिर्ता गरेका छन् ।
संसद् सचिवालयको सवारी शाखा प्रमुख प्रदीप नेपालका अनुसार १२ वटा विषयगत समितिका सभापति र चार जना प्रमुख सचेतक र सचेतकले गाडी फिर्ता गरेका छन् ।
प्रतिनिधि सभा अन्तर्गत १० वटा विषगत समिति रहेका छन् । संयुक्त दुई वटा समितिको सभापतिमा समेत प्रतिनिधि सभा सदस्य नै थिए । उनीहरू सबैले सुविधा वापत्त लिएको गाडी फिर्ता गरेका हुन् ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक र सचेतकले समेत गाडी फिर्ता गरेका छन् । कांग्रेसका प्रमुख सचेतक र सचेतकको गाडी भने जलेको छ ।
गच भदौ २४ गते सिंहदरवारमा आगलागी हुँदा कांग्रेस र एमालेको संसदीय दलको कार्यालय समेत जलेको थियो । त्यसबेला कांग्रेसका प्रमुख सचेतक र सचेतकको गाडी सचिवालय परिसरमै थियो ।
सरकारले मितव्ययिता अपनाउने भनेर पूर्व राजनीतिक पदाधिकारीहरूको समेत गाडी फिर्ता गराउने भनेको छ । त्यसअनुसार संसद सचिवालयले समेत पूर्वसभामुख, राष्ट्रिय सभाका पूर्वअध्यक्ष लगायतको गाडी फिर्ताका लागि पहल लिँदैछ ।
प्रतिक्रिया 4