+
+
Shares

कतार एयरवेजको उडानमा नेपाली फिल्म ‘शाम्बाला’

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १४ गते १९:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कतार एयरवेजले मीनबहादुर भाम निर्देशित फिल्म ‘साम्बाला’लाई आफ्नो ‘वर्ल्ड सिनेमा’ खण्डमा उडानमा देखाउने भएको छ।
  • निर्देशक भामले यो जानकारी दिँदै खुसी व्यक्त गर्नुभयो र फिल्म बर्लिन फिल्म फेस्टिभलमा विश्व प्रिमियर भएको थियो।
  • कतार एयरवेजले हलिउड, बलिउड, विश्व सिनेमा र अरबिक फिल्महरू उडानमा स्क्रिनिङ गर्दै आएको छ।

काठमाडौं । मीनबहादुर भाम निर्देशित विश्वचर्चित फिल्म ‘साम्बाला’लाई अब कतार एयरवेजका यात्रुले उडानमा हेर्न पाउने भएका छन् ।

यो फिल्म एयरवेजको ‘वर्ल्ड सिनेमा’ खण्डमा हेर्न सकिने जनाइएको छ ।

निर्देशक भामले यसबारे जानकारी दिँदै खुसी व्यक्त गरे । थिन्ले ल्हामो, सोनम तोप्देन स्टारर यो फिल्म प्रसिद्ध बर्लिन फिल्म फेस्टिभलमा विश्व प्रिमियर भएको थियो ।

कतार एयरवेजले हलिउड, बलिउड, विश्व सिनेमा र अरबिक फिल्म खण्डमा फिल्म स्क्रिनिङ गर्दै आएको छ ।

दुईवर्षअघि हलमा रिलिज भएको यो फिल्मले विश्वब्यापी चर्चा पाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?