
News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले दशैंले नेपालीहरूलाई शोक, विध्वंस र त्रासबीच पनि एकताको सुत्रमा बाँधेको बताएका छन्।
- अर्यालले विजयादशमी र नेपाल संवत ११४५ को अवसरमा देश–विदेशमा रहेका सम्पूर्ण नेपालीजनमा सुख, शान्ति र समृद्धिको कामना गरेका छन्।
- उनले दशैंलाई धार्मिक उत्सव मात्र नभएर पारिवारिक मिलन, सामाजिक सदभाव र सांस्कृतिक एकताको प्रतीक भएको उल्लेख गरेका छन्।
१६ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डोलप्रसाद अर्यालले शोक, विध्वंस र त्रासबीच पनि दशैंले नेपालीहरूलाई एकताको सुत्रमा बाँधेको बताएका छन् ।
विजयादशमी र नेपाल संवत ११४५ को अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले देश–विदेशमा रहेका सम्पूर्ण नेपालीजनमा सुख, शान्ति र समृद्धिको कामना गरेका छन् ।
विजयादशमीले असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको र अन्धकारमाथि प्रकाशको विजयको सन्देश दिने उल्लेख गर्दै उनले पर्व नेपालीका लागि धार्मिक उत्सव मात्र नभएर पारिवारिक मिलन, सामाजिक सदभाव र सांस्कृतिक एकताको प्रतीक पनि भएको बताएका छन् ।
‘हामी यस वर्षको दशैं जेन–जी आन्दोलनको अपूरणीय जनधनको क्षतिबीच उत्सवको उत्साहभन्दा धार्मिक–सांस्कृतिक परम्पराको निरन्तरताका लागि मात्रै मनाउन अभिसप्त भयौं’, उनी लेख्छन्, ‘सन्निकट बितेको शोक, विध्वंश र त्रासबीच पनि हामीले सदीयौंदेखिको परम्परा धानेर नेपाली समाजको विविधतालाई फेरि एकपटक एकताको सुत्रमा बाँधेका छौं ।’
देशमा सुशासन, समृद्धि र स्थायित्व कायम गर्न तथा नयाँ नेपाल निर्माणको अभियानमा दृढ संकल्प र सार्थक सहकार्यका लागि विजयादशमीले सबैलाई अभिप्रेरित गर्न सकोस् भन्ने पनि उनको कामना छ ।
प्रतिक्रिया 4