+
+
Shares

काठमाडौंका नेवार समुदायले मनाए खड्ग जात्रा

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १७ गते १०:०६

१७ असोज, काठमाडौं । काठमाडौं उपत्यकाका नेवार समुदायले खड्ग जात्रा अर्थात् ‘पाया’ मनाएका छन् ।

दशैंको टीकाको दिन साँझ तान्त्रिक विधिबाट खड्गको पूजाआजा गरी परम्परागत पहिरनमा खड्गधारण गरी जात्रा मनाउने गरिन्छ ।

शक्तिपीठबाट खड्गधारण गरी यो पर्व मनाइन्छ । असत्यमाथि सत्यको जित भएको खुसियालीमा खड्ग जात्रा मनाउने गरिएको नेवार समुदायका अगुवाहरु बताउँछन् ।

काठमाडौंमा कंकेश्वरी, टे:बहाल, बटु, भद्रकाली, कोहीटी, निलबाराही र हनुमानढोका दरबारबाट तलेजु भवानीको खड्गजात्रा निकाल्ने परम्परा छ ।

जात्राको क्रममा नगर परिक्रमा पछि दानवको प्रतीक कुभिन्डोमा खड्गले प्रहार गरी खुसियाली मनाउने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?