+
+
Shares

विपद् प्रतिकार्यमा ७ हजार बढी सशस्त्र प्रहरी परिचालन, ६३ जिल्लामा माइकिङ

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १८ गते ११:५३

१८ असोज, काठमाडौं । विपद् प्रतिकार्यका लागि सशस्त्र प्रहरीका ७ हजार बढी जनशक्ति परिचालन भएका छन् । ६३ जिल्लामा माइकिङ गरेर सुरक्षित रहन आह्वान गरिएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव एवं विपद प्रतिकार्य शाखाप्रमुख रामबहादुर केसीका अनुसार ७ हजार ३१५ जना सशस्त्र प्रहरी परिचालन भएका छन् ।

बिभिन्न टोलीले जनचेतानाका लागि माइकिङ गरेर सुरक्षित रहन आह्वान गरिएको उनले बताए ।

२६ वटा विपद् प्रतिकार्य वेश तयार गरिएको छ । ९ वटा  विपद् प्रतिकार्य वेश यस अगाडि नै रहेका थिए । यी सबै वेशमार्फत काम भइराखेको छ ।

९९० जना स्वयमसेवक तयार गरिएको छ । उनीहरूलाई १८ दिने तालिक दिएर तयारी अवस्थामा राखेको हो ।

उद्धार उपकरणहरू समेत तयारी अवस्थामा राखिएको र आवश्यकता अनुसार तुरुन्तै प्रयोग गर्न सकिने केसीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?