+
+
Shares

सप्तरीका छुट्टाछुट्टै दुर्घटनामा ३ जनाको मृत्यु

बोदेबर्साइनबाट राजविराजतर्फ आउँदै गरेको मधेस प्रदेश ०१–००५ प ६८३२ नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फ जाँदै गरेको मधेस प्रदेश २–०१–००३ प ६९३२ नम्बरको मोटरसाइकल एकापसमा ठोकिएर दुर्घटना भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १८ गते १३:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सप्तरीको खड्क नगरपालिका–११ बनौलीमा दुई मोटरसाइकल ठोक्किँदा २७ वर्षीय सोविन चौधरी र २८ वर्षीय चिन्तामणि चौधरीको मृत्यु भएको छ।
  • तिरहुत गाउँपालिका–१ धनपुरीमा हायसले ७० वर्षीया जगियादेवी पञ्जियारलाई ठक्कर दिँदा उनको मृत्यु भएको छ।
  • हायस चालक मदन श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ र घटनास्थलबाट हायस पनि नियन्त्रणमा लिइएको छ।

१८ असोज, राजविराज । सप्तरीमा छुट्टाछुट्टै दुर्घटनामा परी आज तीन जनाको ज्यान गएको छ । हुलाकी सडक खण्डअन्तर्गत जिल्लाको खड्क नगरपालिका–११ बनौलीमा दुई मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा दुवै मोटरसाइकलका चालकको ज्यान गएको छ ।

बोदेबर्साइनबाट राजविराजतर्फ आउँदै गरेको मधेस प्रदेश ०१–००५ प ६८३२ नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फ जाँदै गरेको मधेस प्रदेश २–०१–००३ प ६९३२ नम्बरको मोटरसाइकल एकापसमा ठोकिएर दुर्घटना भएको हो ।

यस्तै जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीका अनुसार दुर्घटनामा मधेस प्रदेश २–०१–००३ प ६९३२ नम्बरको मोटरसाइकलका चालक खड्क नगरपालिका–१० बेल्हाका २८ वर्षीय चिन्तामणि चौधरी र मधेस प्रदेश ०१–००५ प ६८३२ नम्बरको मोटरसाइकलका चालक सुरुङगा नगरपालिका–७ बस्ने २७ वर्षीय सोविन चौधरीको मृत्यु भएको छ ।

यस्तै जिल्लाको तिरहुत गाउँपालिका–१ धनपुरीमा हायसको ठक्करबाट एक वृद्धाको ज्यान गएको छ । काठमाडौँबाट धरानतर्फ जाँदै गरेको बा प्र०३–००१ ख २५८२ नं हायसले बाटो काटिरहेका पैदल यात्री स्थानीय देवन पञ्जियारका ७० वर्षीया श्रीमती जगियादेवी पञ्जियारलाई ठक्कर दिँदा मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

दुर्घटनापछि हायस तथा चालक धादिङको बेनिरोराङ गाउँपालिका–४ बस्ने ४० वर्षीय मदन श्रेष्ठलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?