+
+
Shares

मौसम पूर्वानुमानसम्बन्धी पोस्टमा हरिहरले किन माफी मागे ?

पूर्णिमा नजिक आइरहेकाले अहिलेको प्रतिकूल मौसमले ठूलो अनिष्ट नहुने उनले बताएका थिए । उनको यो अभिव्यक्तिलाई लिएर चौतर्फी आलोचना भयो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज १८ गते १८:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ज्योतिष तथा अभिनेता हरिहर अधिकारीले मौसम पूर्वानुमानसम्बन्धी विवादित फेसबुक पोस्ट हटाएर माफी माग्नुभएको छ।
  • सरकारले आगामी तीन दिनसम्म भीषण वर्षा हुनसक्ने चेतावनी दिइरहँदा हरिहरले पूर्णिमासम्म अनिष्ट नहुने अभिव्यक्ति दिनुभएको थियो।
  • हरिहर अधिकारीले साउनको दोस्रो साता नासाले संस्कृत भाषाबाट अन्तरिक्षमा सम्पर्क गर्ने अभिव्यक्ति दिएर पनि ट्रोल बनेका थिए।

काठमाडौं । ज्योतिष तथा अभिनेता हरिहर अधिकारी अहिले चर्चामा छन् । आलोचना बढ्दै गएपछि उनले मौसम पूर्वानुमान सम्बन्धी एक पोस्ट फेसबुकबाट हटाउन बाध्य भए ।

पूर्णिमा नजिक आइरहेकाले अहिलेको प्रतिकूल मौसमले ठूलो अनिष्ट नहुने उनले बताएका थिए । उनको यो अभिव्यक्तिलाई लिएर चौतर्फी आलोचना भयो । सामाजिक सञ्जाल प्रयोगकर्ता धेरैले मौसम ज्योतिषीय भन्दा विज्ञानसँग सम्बन्धित विषय रहेको कुरा हरिहरलाई बताएका छन् ।

यतिबेला भने पुरानो पोस्ट हटाउँदै माफी मागेका छन् । ‘मौसम सम्बन्धी हिजो लेखिएको कुराप्रति क्षमाप्राथी छु । सबैजना आ-आफ्नो स्थानमा सुरक्षित रहनुहोस्’ उनले लेखेका छन् ।

सरकारले भने अबको ३ दिनसम्म भीषण वर्षा हुनसक्ने भन्दै नागरिकलाई सतर्कता रहन भनिसकेको छ । यस्तोमा हरिहरले स्टाटसमार्फत पूर्णिमासम्म केही अनिष्ट नहुने बताएका थिए ।

२०७९ साल साउनको दोस्रो साता पनि उनी यस्तै एक अभिव्यक्तिले ट्रोल बनेका थिए । उनले त्यतिबेला नासाले संस्कृत भाषाबाट अन्तरिक्षमा सम्पर्क गर्ने बताएका थिए ।

फिल्म अभिनेता तथा निर्माता अधिकारी फिल्मबाहेकका ज्योतिषीय अभिव्यक्तिले बेला-बेलामा चर्चामा आइरहन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?