
News Summary
Generated by OK AI. Editorially reviewed.- असोज १८ गतेदेखि अविरल वर्षाका कारण ललितपुर च्यासलस्थित नेकपा एमालेको पार्टी कार्यालयसहितका बस्ती जोखिममा परेका छन्।
- मनोहरा खोला र बागमतीमा आएको बाढीले च्यासलस्थित पुलमा खतराको संकेत देखिएको छ र सडक डुबानमा परेर यातायात बन्द गरिएको छ।
- प्रहरीले बागमतीपुलबाट ओहोर दोहोर नगर्न माइकिङ गरिरहेको छ र सर्वसाधारणलाई आउजाउमा रोक लगाइएको छ।
१८ असोज, काठमाडौं। शुक्रबारदेखि परेको अविरल वर्षाका कारण ललितपुर च्यासलस्थित नेकपा एमालेको पार्टी कार्यालयसहितका बस्ती जोखिममा परेको छ ।
मनोहरा खोला र बागमतीमा आएको बाढीका कारण च्यासलस्थित नेकपा एमालेको पार्टी कार्यालयसहितका बस्ती जोखिममा परेको हो । बाढीको तीव्र बहावले पुलमा खतराको संकेत देखिएको छ ।
यस्तै एमाले कार्यालयसँगै नजिकै रहेको अखिल नेपाल फुटबल संघ (एन्फा) को फुटबल मैदान र केही घरहरु पनि डुबानमा परेका छन् ।
मनोहरा खोला र बागमतीमा आएको बाढीका कारण करिडोरको सडक पनि डुबानमा परेर यातायात आवतजावत बन्द गरिएको छ । प्रहरीले बागमतीपुलबाट ओहोर दोहोर नगर्न माइकिङ गरिरहेको छ भने सर्वसाधारणलाई आउनजान दिइएको छैन।
मनोहरा खोलामा पानीको सतह बढेर एमाले कार्यालय नजिकै पक्की पुलसम्म आइपुगेको छ । पक्कीपुलले पानीको प्रवाह रोकिएका कारण सडक र नजिकका घरबस्तीहरु डुबानमा पर्ने जोखिम बढेको छ ।
हेर्नुहोस् थप तस्वीरहरू :
प्रतिक्रिया 4