+
+
Shares

दाउरा टिप्न खोज्दा बागमती नदीमा डुबेर ७५ वर्षीय वृद्धाको मृत्यु

इलाका प्रहरी कार्यालय पिपरारजवडाका अनुसार आज बिहान करिब ९ः३० बजे घरदेखि करिब दुई किलोमिटर उत्तर–पूर्वतर्फ पर्ने बागमती नदीमा दाउरा टिप्ने क्रममा उनी डुबेकी हुन् ।

गौतम श्रेष्ठ गौतम श्रेष्ठ
२०८२ असोज १९ गते १२:०७

१९ असोज, रौतहट । बाढीले बगाएर ल्याएका दाउरा टिप्न खोज्दा  बागमती नदीमा डुबेर रौतहटमा एक वृद्धा महिलाको मृत्यु भएको छ । रौतहटको माधवनारायण नगरपालिका–८ निवासी ७५ वर्षीया पन्मा देवी रायको डुबेर मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय पिपरारजवडाका अनुसार आज बिहान करिब ९ः३० बजे घरदेखि करिब दुई किलोमिटर उत्तर–पूर्वतर्फ पर्ने बागमती नदीमा दाउरा टिप्ने क्रममा उनी डुबेकी हुन् ।

घटनापछि स्थानीयवासी र प्रहरीको सहयोगमा मृतकको शव नदीबाट निकालिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी राजु कार्कीले बताए ।

यसै गरी बागमती नदीमै दाउरा टिप्ने क्रममा नदीले बगाएको एक वृद्धको सशस्त्र प्रहरीले उद्धार गरेको छ ।

गढीमाई नगरपालिका ५ मा रहेको बागमती नदी किनारमा दाउरा निकाल्ने क्रममा ६५ वर्षिय बिगन राय यादवलाई खोलाले बगाएको थियो ।

उनलाई तत्काल नै सशस्त्र प्रहरी बल सन्तपुरको टोलीले उद्धार गरेको छ । उनको स्थानिय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?