+
+
Shares

रुपन्देहीका सरकारी कार्यालयहरु आजदेखि खुला

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २० गते ९:३१

२० असोज, बुटवल । रुपन्देहीका सरकारी कार्यालयहरु आजदेखि खुलेका छन् । भारी वर्षाका कारण उत्पन्न हुनसक्ने प्रतिकुल परिस्थितिलाई मध्यनजर गर्दै सरकारले देशभरका सरकारी कार्यालय असोज १८ देखि २० गतेसम्म बिदा दिएको थियो ।

तर विपत प्रतिकार्यमा संलग्न नरहेका जिल्लाका सरकारी कार्यालयहरुले आफ्ना सेवा नियमितरुपमा सञ्चालन गृह मन्त्रालयले असोज १९ गते परिपत्र गरेकाले रुपन्देहीका सबै सरकारी कार्यालयहरु आजबाट खुल्ने प्रमुख जिल्ला अधिकारी डा. टोकराज पाण्डेले जानकारी दिए ।

जल तथा मौसम विज्ञान विभाग तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले  वर्षाका कारण उत्पन्न हुन सक्ने बाढी, डुबान, भूक्षय लगायतका जोखिमको साथै सडक तथा हवाई यातायात प्रभावित हुने र मानवीय क्षतिसमेत हुन सक्ने सम्भावनालाई मध्यनजर गरी अत्यावश्यक सेवासँग सम्बन्धित कार्यालयहरूबाहेक देशभर सार्वजनिक बिदा दिने निर्णय भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?