+
+
Shares
विपद् व्यवस्थापन राष्ट्रिय परिषद् बैठक :

सुरक्षाकर्मीलाई तालिम र समयानुकूल उपकरणले सुसज्जित बनाउन विज्ञको सुझाव

बैठकमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई विपद्सँग जुध्नका लागि आवश्यक पर्ने सम्पूर्ण औजार र सामग्री उपलब्ध गराउन सरकारलाई विज्ञहरूले सुझाव दिएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २१ गते १३:४५

२१ असोज, काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक सकिएको छ ।

बैठकमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई विपद्सँग जुध्नका लागि आवश्यक पर्ने सम्पूर्ण औजार र सामग्री उपलब्ध गराउन सरकारलाई विज्ञहरूले सुझाव दिएका छन् ।

बैठकमा सहभागी परिषद्का विज्ञ सदस्य गंगालाल तुलाधरले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई आवश्यक तालिम र समानुकूल उपकरणहरूले सुसज्जित बनाउन सरकारलाई सुझाव दिएको बताएका छन् ।

विपद्को समयमा प्रधानमन्त्रीले देखाएको अभिभावकत्वका कारण ठूलो दुर्घटनाबाट देशलाई बचाउन सकिएकोमा धन्यवाद दिइएको उनले बताए ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले आफूसँग भएको सीमित स्रोतसाधन बाबजुद पनि जुन तरिकाले जनताको उद्धारमा खटिए त्यसका लागि स्यालुट गर्नुपर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?