
News Summary
Generated by OK AI. Editorially reviewed.- पाटनको ऐतिहासिक मूलचोकमा अष्टमी र विजया दशमीमा ठेँचो नवदुर्गा नाँच प्रदर्शन गरिएको छ।
- ठेँचो नवदुर्गा नाँच मल्लकालअघि देखि देखाइँदै आएको स्थानीय भक्तलाल मालीले बताए।
- ११ नर्तकहरूले परम्परागत मुखुण्डोमा भैरवदेखि इंद्रायणीसम्मका देवताहरूको नृत्य प्रस्तुत गर्छन्।
२१ असोज, काठमाडौं। पाटनको ऐतिहासिक मूलचोकमा ठेँचो नवदुर्गा नाँच देखाइएको छ। यो नाँच हरेक वर्ष अष्टमी र विजया दशमीमा देखाइन्छ कोजाग्रत पूर्णिमाको दिन पाटनमा देखाइएको थियो । यो नाँच सम्पन्न भएसँगै यस क्षेत्रमा दशैं पर्व पनि सकिएको मानिन्छ।
हिन्दु धर्मको देवता शिवलाई खुशी मनाउन उक्त नाच देखाइने प्रचलन रहेको स्थानीय बुढापाकाहरु बताउँछन् । यो नाच मल्लकालभन्दा अगाडिदेखि देखाउँदै आएको ठेँचोका भक्तलाल मालीले जानकारी दिए ।
ठेँचोस्थित देवीको घरबाट सुरु भएको यस धार्मिक यात्रामा सहभागी देवगणहरूले परम्परागत पोसाक र मुखुण्डोमा सजिएर मुख्य देवी (मु द्यः), अन्य मुखुण्डोहरू, पोसाक, गहना र खर्पन बोकेर ऐतिहासिक मूलचोकसम्म ल्याएका थिए।
यो नाँच एक पटक दशैंको अवसरमा र अर्को पटक योमरी पुन्हीको अवसरमा प्रदर्शन गर्ने गरिन्छ। उक्त नृत्य गर्ने समूहमा जम्मा ११ नर्तकहरू हुन्छन्।
उनीहरूले भैरव, सीमा, धुम्बा, गणेश, बराही, चामुण्डा, भ्रामायनी, महेश्वरी, वैष्णवी, कुमारी र इंद्रायणीको मुखौटा सजिएर नृत्य प्रस्तुत गर्छन्।
हेर्नुहोस् थप तस्वीरहरू :
प्रतिक्रिया 4