
News Summary
Generated by OK AI. Editorially reviewed.- अभिनेता तथा निर्माता दीपकराज गिरीले २०८३ सालको दशैंमा नयाँ फिल्म ल्याउने घोषणा गरेका छन्।
- दीपकराज गिरीले अमेरिका भ्रमणमा रहेर फेसबुकमार्फत दशैंमा फिल्म ल्याउने जानकारी दिएका छन्।
- दीपकराजले यसपटक दशैंमा फिल्म रिलिज नभएको र अर्को वर्ष दशैंमा भेट्ने बताएका छन्।
काठमाडौं । अभिनेता तथा निर्माता दीपकराज गिरीले २०८३ सालको दशैंमा फिल्म ल्याउने घोषणा गरेका छन् ।
अहिले ‘छक्कापञ्जा कमेडी टूर’को सिलसिलामा अमेरिका भ्रमणमा रहेका उनले त्यहाँबाटै आउने दशैंमा फिल्म ल्याउने घोषणा गरे । उनले यसबारेको जानकारी फेसबुकमार्फत दिएका छन् ।
उनी भन्छन्, ‘देशको राजनीतिक अवस्था साथै प्राकृतिक प्रकोपका बिच दशैं सोचे जस्तो पक्कै भएन होला ! हामीले पनि यो साल चलचित्र ल्याउन सकेनौं, तैपनि दशैमा प्रदर्शन भएका नेपाली चलचित्रहरूलाई दिनुभएको मायाका लागि धेरै धेरै धन्यबाद ! अर्को साल दशैमा भेटौला !’
कुन फिल्म आउँदो दशैंमा ल्याउने भन्ने कुरा दीपकले खुलाएका छैनन् । लगातार दशैंमा फिल्म ल्याउँदै आएका दीपकको फिल्म भने यसपटकको दशैंमा रिलिज भएन ।
दीपकसहित दीपाश्री निरौला, जितु नेपाल लगायतको टोली अहिले अमेरिकाका विभिन्न राज्यमा प्रस्तुति दिन ब्यस्त छन् । एक महिनासम्म चल्ने ‘छक्कापञ्जा टूर’मा दर्शकले माया दिएको दीपकले बताए ।
प्रतिक्रिया 4