+
+
Shares

रोशी खोलामा महिलाको शव भेटियो

रोशी गाउपालिका-९ का वडा अध्यक्ष शिशिर लामा ‘जनम’ का अनुसार रोशी ११ माम्तीमा भेटिएको शव रोशी-९ मंगलटारको आन्दाजी ७८ वर्षीय लक्ष्मी मलेपतीको भएको जानकारी दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २२ गते १५:०२
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काभ्रेपलाञ्चोकको रोशी-११ माम्तीमा ७८ वर्षीया लक्ष्मी मलेपतीको शव फेला परेको छ।
  • ईलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख ईश्वर कार्कीले मलेपती हिजोदेखि घर नफर्केको र अनुसन्धान भइरहेको बताउनुभयो।
  • शव तेमालको बाटो हुँदै धुलिखेल पठाउने तयारी भइरहेको छ।

२२ असोज, काभ्रेपलाञ्चोक। रोशी खोलास्थित काभ्रेपलाञ्चोकको रोशी-११ माम्तीमा एक महिलाको शव फेला परेको छ ।

रोशी गाउपालिका-९ का वडा अध्यक्ष शिशिर लामा ‘जनम’ का अनुसार रोशी-११ माम्तीमा भेटिएको शव रोशी-९ मंगलटारको आन्दाजी ७८ वर्षीया लक्ष्मी मलेपतीको भएको जानकारी दिए ।

ईलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख ईश्वर कार्कीका अनुसार हिजोदेखि घरबाट निस्किएकी घर आएकी थिइनन् ।

मलेपतीलाई कहाँबाट बगाएर माम्तीमा पुगेको बारे अनुसंधान भईरहेको र उनको शव तेमालको बाटो हुँदै धुलिखेल पठाउन लागेको कार्कीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?