+
+
Shares

अस्पतालभित्र औषधि कम्पनीका एमआरलाई निषेध, नियम उल्लंघन गरे कारबाही

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २२ गते १८:३६

२२ असोज, काठमाडौं । निजामती अस्पतालले औषधि कम्पनीका मेडिकल प्रतिनिधिहरू (एमआर)लाई अस्पतालमा प्रवेश निषेध गरेको छ ।

अस्पतालमा कार्यरत ड्युटीमा रहेका चिकित्सकहरूसँग भेटघाट गर्दा बिरामीलाई असुविधा भएकाले अस्पतालमा प्रवेशमा रोक लागएको हो ।

अस्पताल प्रशासनका अनुसार मेडिकल प्रतिनिधिहरूको यस्तो गतिविधिले अस्पतालको संवेदनशील वातावरणमा नकारात्मक असर परेको छ ।

‘अबदेखि अस्पताल परिसरमा कुनै पनि औषधि कम्पनीका प्रतिनिधिहरू आएर यस्ता कार्य गरेको पाइएमा नियमअनुसार कारबाही गरिनेछ,’ जारी सुचनामा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?