+
+
Shares

दशैंपछि गुल्मी जिल्ला प्रशासनमा सेवाग्राहीको चाप बढ्यो

दशैं मनाउन घर फर्किएकाहरूले समयको सदुपयोग गरेर नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र बनाउने भएका कारण सेवाग्राहीको चाप बढेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २३ गते १४:१३

२३ असोज, गुल्मी । जिल्ला प्रशासन कार्यालय गुल्मीमा सेवा लिने सेवाग्रहीको चाप बढेको छ ।

दशैं मनाउन घर फर्किएकाहरूले समयको सदुपयोग गरेर नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र बनाउने भएका कारण सेवाग्राहीको चाप बढेको हो ।

अन्य समयमा सरदर नयाँ नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानी लगायतका सेवामा सरदर ५०/६० जनाले सेवा लिने गर्दर्थे । दशैंपछि भने यो संख्या दोब्बरले बढेको छ ।

दशैंपछि कार्यालय खुलेकै दिनमा तेब्बरले सेवा लिन आएको जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेले बताए ।

चाडपर्वको बीचको समयमा सेवाग्रही चाप दैनिक जसो बढ्ने गरेको गैरेले बताए ।

कार्यालयको क्षमता भन्दा सेवाग्रहीको संख्या अत्यधिक बढदै गएकाले भिड बढने गरेको हो । प्रशासन कार्यालयलमा सेवाग्राही बिहान सात बजेबाटै बेलुका अबेरसम्म नयाँ नागरिकता सँगै प्रतिलिपी, राहदानी, राष्ट्रिय परिचयपत्र लिने सेवाग्राहीको चाप बढने गरेको छ ।

जिल्ला प्रशासन कार्यालय गुल्मीले विगत केही समयदेखि राष्ट्रिय परिचयपत्र र राहदानीमा टोकन सिस्टम प्रयोग गरेर सेवा प्रवाह भइरहेको छ । जसले कार्यालय र सेवाग्राहीलाई सहजता मिलेको छ । तर, नागरिकता वितरणमा भने टोकन प्रणाली छैन् ।

जिल्ला प्रशासन कार्यालयले प्रवाह गर्ने सेवासंगै समय समयमा आउने थप जिम्मेवारीलाई उच्च महत्त्वका साथ सम्पादन गर्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?