+
+
Shares

हात्ती धपाउन झापामा विशेष गस्ती

डिभिजन वन कार्यालयका प्रमुख भरतबाबु श्रेष्ठका अनुसार सशस्त्र वन रक्षकको नेतृत्वमा छ जनाको टोली असोज ८ गतेदेखि सो क्षेत्रमा परिचालन भएको छ।

रासस रासस
२०८२ असोज २४ गते ६:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • डिभिजन वन कार्यालयले बाहुनडाँगी क्षेत्रमा हात्तीको हुलबाट सुरक्षा गर्न असोज ८ गतेदेखि विशेष गस्ती टोली परिचालन गरेको छ।
  • टोलीमा सशस्त्र वन रक्षकसहित छ जना छन् र धान नभित्र्याएसम्म निरन्तर गस्ती गर्ने योजना छ।
  • झापामा विगत दुई दशकमा हात्तीको आक्रमणमा ७५ जनाले ज्यान गुमाएका र २५ वटा हात्ती मरेका छन्।

२४ असोज, भद्रपुर। बाहुनडाँगी क्षेत्रमा धान पाक्ने समय नजिकिएसँगै सीमावर्ती भारतीय जङ्गलबाट हात्तीको हुल आउने जोखिम बढेसँगै डिभिजन वन कार्यालयले विशेष गस्ती टोली परिचालन गरेको छ।

डिभिजन वन कार्यालयका प्रमुख भरतबाबु श्रेष्ठका अनुसार सशस्त्र वन रक्षकको नेतृत्वमा छ जनाको टोली असोज ८ गतेदेखि सो क्षेत्रमा परिचालन भएको छ।

किसानले धान नभित्र्याएसम्म टोली निरन्तर गस्तीमा रहने छ । विगतका वर्षमा हात्तीको हुलले बाहुनडाँगी क्षेत्रको बाली सखाप पारेका थिए।

विगत दुई दशकमा हात्तीको आक्रमणमा परी झापामा ७५ जनाले ज्यान गुमाएका छन्भने विभिन्न कारणले २५ वटा हात्तीको मृत्यु भएको छ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?