+
+
Shares
छानबिन समितिको निष्कर्ष :

त्रिविको जग्गा संरक्षण गर्न नसक्नुमा तत्कालीन प्रधानमन्त्री, शिक्षामन्त्री र पदाधिकारीहरू जिम्मेवार

विगतमा पटक-पटक बनेका प्रधानमन्त्री र शिक्षामन्त्रीहरुले यसमा बेवास्ता गर्ने र त्रिविलाई आवश्यक समन्वय र सहयोग नगरेको समितिको निष्कर्ष छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २६ गते २१:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • त्रिभूवन विश्वविद्यालय जग्गा खोजबिन समितिले प्रधानमन्त्री र शिक्षामन्त्रीले त्रिविको जग्गा संरक्षण, उपयोग र व्यवस्थापनमा सहयोग नगरेको निष्कर्ष निकालेको छ।
  • शिक्षा मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदनमा प्रधानमन्त्री त्रिविको कुलपति भए पनि जग्गा संरक्षणमा अभिभावकत्व दिन नसकेको उल्लेख छ।
  • त्रिविले मन्त्रालयसँग पटकपटक अनुरोध गर्दा पनि जग्गा दर्ता, स्वामित्व हस्तान्तरण र संरक्षणमा आवश्यक समन्वय नभएको प्रतिवेदनमा उल्लेख छ।

२८ असोज, काठमाडौं । त्रिभूवन विश्वविद्यालय जग्गा खोजबिन समितिले त्रिवि ऐन बमोजिमका कुलपति रहने प्रधानमन्त्री र सहकुलपति हुने शिक्षामन्त्री र पदाधिकारीहरुले नै जग्गा जमिन संरक्षण, उपयोग र व्यवस्थापनमा सहयोग नगरेको निष्कर्ष निकालेको छ ।
विगतमा पटक पटक बनेका प्रधानमन्त्री र शिक्षामन्त्रीहरुले यसमा वेवास्ता गर्ने र त्रिविलाई आवश्यक समन्वय र सहयोग नगरेको समितिले उल्लेख गरेको छ ।

शिक्षा मन्त्रालयले आइतबार सार्वजनिक गरेको प्रतिवेदनमा भनिएको छ,’त्रिवि ऐन बमोजिम सरकारको प्रमुख प्रधानमंन्त्री स्वयं त्रिविको कुलपति हुँदाहुँदै पनि त्रिवि कुलपतिको हैसियतले जग्गा जमिन संरक्षण, उपयोग र व्यवस्थापनका सम्बन्धमा भने कानूनको मर्म एवं भावनाबमोजिम अभिभावकत्व दिन सकेको देखिए ।’

त्रिविऐन बमोजिम शिक्षा मन्त्रालयको नेतृत्व शिक्षा मन्त्रीले गर्ने र शिक्षा मन्त्री नै त्रिविको सहकुलपति हुने भएतापनि त्रिभुवन विश्वविद्यालय परिसर कीर्तिपुरका जग्गाहरू र आंगिक क्याम्पसहरूले उपभोग गरेको जग्गा जमिनको दर्ता, स्वामित्व हस्तान्तरण, लगत, श्रेष्ता अद्यावधिक गर्ने, र त्यसको संरक्षण उपभोगको सम्बन्धमा पटकपटक त्रिविले मन्त्रालयसँग अनुरोध गर्दा समन्वय गर्ने कार्य कम भएको उल्लेख छ ।

प्रचलित कानून र नेपाल सरकारको कार्यविभाजन नियमावलीले अपेक्षा गरे बमोजिमको आवश्यक सहजिकरण एवं समन्वयका लागि मन्त्रालयले निर्णय गरि कानूनी र नीतिगत दायित्व समेत समयमा नै पुरा गरी त्रिविलाई सहयोग गरेको नदेखिएको उल्लेख छ ।

ल्याब स्कुलको जग्गा विवाद, नेपाल कमर्श कलेजको जग्गाको भोगाधिकार भोगको विषय, महेन्द्ररत्न क्याम्पस ताहाचल, सानोठीमी क्याम्पस भक्तपुर, चिकित्साशास्त्र अध्ययन संस्थान शिक्षण अस्पताल र प्राकृतिक विज्ञान संग्राहालय समेत जग्गाको विषयमा समेत सहयोग नभएको उदाहरण छ ।

त्रिभुवन विश्वविद्यालय ऐनहरू क्रमश २०१६, २०२८ र २०४९ समेतले विश्वविद्यालयको जग्गा जमिन, भवन र अन्य अचल सम्पत्ति समेतको हक हस्तान्तरण गर्ने, स्वामित्व ग्रहण गर्ने, लिज वा करारमा सम्झौता गरी भोगाधिकार लिज वा भाडामा दिने लिने लगायतको अधिकार, जिम्मेवारी र दायित्व सम्बन्धी कार्यका लागि त्रि.वि. सभा, कार्यकारी परिषद् एवं रजिष्ट्रारलाई मुख्यरूपमा जिम्मेवार बनाएको छ । तर केही विषय बाहेक धेरैमा कानूनतः निर्वाह गर्नुपर्ने उत्तरदायित्व, जिम्मेवारी एवं दायित्व उनीहरुले बहन गर्न नसकेको प्रतिवेदनमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?