+
+
Shares

कीर्तिपुर बाहिर पनि मिचिएको छ त्रिविको जग्गा

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २७ गते ७:५१

२७ असोज, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको कीर्तिपुरबाहेक बाहिरको जग्गाको पनि थप अध्ययन र खोजबिन गर्नुपर्ने देखिएको छ । जग्गा खोजबिन समितिले कीर्तिपुर परिसर बाहेक बाहिर पनि जग्गा रहेको पहिचान गरेको छ । तर, यसबारे थप अध्ययन गर्नुपर्ने निष्कर्ष समितिको छ .

त्रिभुवन विश्वविद्यालय स्थापनाको समयदेखि नै स्वामित्वमा रहेको काठमाडौं महानगरपालिका साबिक वडानम्बर १ हालको वडानम्बर ११ मा कित्त नम्बर ४०२ क्षेत्रफल १० रोपनी १३ आना ३ पैसा जग्गा रहेको देखिएको छ ।

काठमाडौं महानगरपालिका वडानम्बर १ कित्ता नम्बर १२७० को ७-१५-३-३ जग्गा तत्कालीन श्री ५ को सरकार, शिक्षा मन्त्रालय (उच्च शिक्षा शाखा) को प.सं. उ.भि.०३२/०३३/२७६५ मिति २०३३/०२/१६/३ को पत्रानुसार ७ रोपनी ५ आना जग्गा पुरैमा बनेको क्वार्टरहरू सहित सरकारी घरजग्गा त्रिभुवन विश्वविद्यालयलाई नयाँ भवन निर्माण गरी उपभोग गर्ने र बिक्री वा कुनै प्रकारबाट नामसारी गर्न नपाउने सर्त राखी त्रिविलाई हस्तान्तरण गर्ने तत्कालीन सरकार (मन्त्रिपरिषद् ) को २०३२ चैत २३ गते निर्णय भएको देखिएको छ ।

यसैको आधारमा उक्त जग्गा तत्कालीन सरकारका नाममा लालपूर्जा तयार भएको र त्यही जग्गा नेपाल सरकारको मिति २०७५ असोज २८ को निर्णयानुसार नेपाल राष्ट्रिय पुस्तकालयको भवन निर्माणका लागि उपलब्ध गराउने गरी निर्णय भएको देखिन्छ ।

ललितकला क्याम्पसले उपभोग गर्दै आएको त्रिवि केन्द्रीय हित शाखाको नाममा काठमाडौँ महानगरपालिका वडा नम्बर २३ कि.नं. ३४८ मा रहेको पुरानो सम्पदा भवन सहितको क्षेत्रफल ०-४-१ जग्गाको ज.ध. त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा रहेको छ ।

स्वयम्भूमा त्रिवि विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गत रहेको विज्ञान संग्रहालयको स्थापना वि.सं. २०३२ सालमा भएको र आनन्दकुटी विद्यापिटले विज्ञान कार्यक्रमलाई चलाएको थियो।

२०३२ सालदेखि हालसम्म भोग गरी रहेको घेरावार सहितको २१.१ रोपनी जग्गामा ३ वटा भवन र २ वटा टहराहरू रहेका छन्।

सिन्धुपाल्योक साँगाचोकगढी नगरपालिका वडा नं. ५ मा रहेको कित्ता नं. ५५१ को ४-१४-१-१ क्षेत्रफल जग्गा रहेको पहिचान भएको छ । यसरी कीर्तिपुर परिसर बाहिर रहेको जग्गा समय अभावले अध्ययन गर्न नसकिएकाले थप अध्ययन गर्न समितिले भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?