
२९ असोज, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको प्रेस संयोजकमा राम रावल नियुक्त भएका छन् ।
रावल प्रेस संयोजक नियुक्त भएको प्रधानमन्त्री कार्कीको सचिवालयले जानकारी दिएको छ ।
रावल दुई दशकदेखि पत्रकारितामा सक्रिय छन् ।
दृष्टि साप्ताहिकबाट पत्रकारिता सुरु गरेका रावल कान्तिपुर टेलिभिजन, ग्यालेक्सी टेलिभिजन हुँदै पछिल्लो समय नेपालखबर अनलाइनमा सम्पादक थिए ।
रावलले त्रिभुवन विश्वविद्यालयमा नेपाली विषयमा स्नातकोत्तर गरेका छन् भने कानुनमा स्नातक पनि हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4