+
+
Shares

भदौ २४ पछि मुलुक भय र सन्त्रासको अवस्थामा छ : ओली

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २९ गते १४:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २४ पछि मुलुकमा भय र सन्त्रासको अवस्था रहेको बताएका छन्।
  • ओलीले राज्यका सुरक्षा निकायबाट खोसिएका १२ सयभन्दा बढी हतियार र साढे ५ हजारभन्दा बढी फरार कैदीहरू अझै बाहिरै रहेको उल्लेख गरेका छन्।
  • ओलीले सरकार शान्ति सुरक्षा कायम गर्न असमर्थ भएको र प्रशासनमा अनधिकृत हस्तक्षेप बढेको भन्दै टोलटालमा सुरक्षा समितिहरू गठन गर्न आग्रह गरेका छन्।

२९ असोज, काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २४ पछि मुलुकमा भय र सन्त्रासको अवस्था रहेको बताएका छन्।

ललितपुरमा आजबाट जारी केन्द्रीय कमिटीको दशौं बैठकमा ‘मुलुकका राजनीतिक परिस्थिति र हाम्रो नीति’ शीर्षकको विशेष प्रस्ताव पेश गर्दै ओलीले हाल मुलुकमा शान्ति सुरक्षाको अवस्था नाजुक अवस्थामा रहेको बताएका हुन्।

‘राज्यका सुरक्षा निकायबाट खोसिएका १२ सयभन्दा बढी हतियारहरू र झण्डै एक लाख गोलीगठ्ठा अझै पनि अपराधीहरूसँग छन्। फरार कैदीहरूमध्ये साढे ५ हजारभन्दा बढी अझै बाहिरै छन् र तिनीहरूले पुन: विभिन्न अपराध गर्दै समाजमा भय र सन्त्रासको अवस्था सिर्जना गरिरहेका छन्,’ ओलीको प्रस्तावमा उल्लेख छ।

लुटिएका हतियार, ध्वस्त संरचनाका कारण प्रहरीको मनोबल टुटे भन्दै ओलीले बर्बर हत्या एवम् आक्रमणका घटनाहरू बढिरहेको बताएका छन्।

‘सरकार शान्ति सुरक्षा कायम गर्न असमर्थ छ । सरकार निकटका मान्छेहरूले राज्य आतंकका लागि दुरुत्साहन गरिरहँदा पनि सरकारको मौनताले गम्भीर प्रश्न खडा भएको छ,’ सरकारमाथि प्रश्न उठाउँदै ओलीले भनेका छन्।

वर्तमान सरकार बनेपछि प्रशासन तथा विकास आयोजनामा हस्तक्षेप बढेको र आतंकित बनाउने काम भइरहेको पनि उनले उल्लेख गरेका छन्।

‘अनधिकृत समूह र व्यक्तिहरूबाट प्रशासनमा हस्तक्षेप गर्ने, विभिन्न विकास आयोजनामा नि:शुल्क सेयर माग्ने र प्रशासकहरूलाई आतंकित बनाउने काम भइरहेको छ । तर सरकार देख्यानदेख्यै गरेर बसेको छ,’ विशेष प्रस्तावमा भनिएको छ । ओलीले सरकारको यस खाले व्यवहारप्रति खेद व्यक्त गरेका छन्।

नागरिकले आफ्नो जनधनको सुरक्षा आफैं गर्नु पर्ने अवस्था सिर्जना भएको भन्दै ओलीले टोलटालमा सुरक्षा समितिहरू गठन गर्न, टोलको गस्ती गर्न र सुरक्षाकर्मीहरूलाई ध्वस्त सुरक्षा कार्यालय पुनर्स्थापना लगायतका काममा सघाउन आग्रह गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?