+
+
Shares

पूर्वएआईजी सुवेदी र अधिवक्ता न्यौपानेविरुद्ध वाईसीएल र अखिल क्रान्तिकारीले दियो उजुरी

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २९ गते १५:४०

२९ असोज, काठमाडौं । नेपाल प्रहरीका पूर्वएआईजी देवेन्द्र सुवेदी र अधिवक्ता बालकृष्ण न्यौपानेविरुद्ध नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन वाईसीएल र विद्यार्थी संगठन अखिल क्रान्तिकारीले साइबर अपराधको उजुरी दिएको छ ।

सुवेदीले माओवादी केन्द्रका संयोजक प्रचण्डको निवासबाट दुईवटा ट्रकमा दुई करोड रुपैयाँ निकालिएको अभिव्यक्ति दिएका थिए ।

उक्त आरोपमा प्रचण्डको सचिवालयले यसअघि नै साइबर ब्युरोमा उजुरीसमेत दिएको थियो ।

आज वाईसीएल र अखिल क्रान्तिकारीले पनि उनीहरूविरुद्ध ७७ वटै जिल्ला र उपत्यकाको साइबर ब्युरोमा ज्ञापनपत्र दिएको वाईसीएलका इन्चार्ज रामप्रसाद सापकोटा दीपशिखाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?