+
+
Shares

जेनजीको नाममा धम्क्याउनेबारे गृहमन्त्री : तिनलाई नियन्त्रणमा लिइन्छ

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २९ गते १६:३०
फाइल फोटो

२९ असोज, काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजीको नाममा कार्यालयहरूमा गएर धम्क्याउनेलाई नियन्त्रणमा लिइने प्रतिवद्धता जनाएका छन् ।

गृह मन्त्रालय परिसरमा पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

जेनजीको नाममा कार्यालयहरूमा गएर धम्क्याउने कार्य भइराखेको पत्रकारहरूको प्रश्नमा गृहमन्त्री अर्यालले ‘त्यो गलत कुरा भएको’ प्रतिक्रिया दिए । उनले थप भनेका छन्, ‘तिनीहरूलाई नियन्त्रणमा लिइन्छ ।’

गृहमन्त्री अर्यालले भनेका छन्, ‘जेनजीका नाममा कसैले गलत क्रियाकलाप गर्छ भने … । जेनजीको विद्रोह सुशासनको लागि हो । त्यो (कार्यालयमा गएर धम्क्याउने) गलत क्रियाकलाप हो । सुशासन विरोधी क्रियाकालप हो । त्यसलाई सरकारले निगरानी गर्छ, त्यसलाई समयक्रममा हामीले, हाम्रो पुलिस प्रशासन सबै लाग्छ, त्यो कुरालाई काबुभित्र राख्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?