
News Summary
Generated by OK AI. Editorially reviewed.- सर्वोच्च अदालत बार एसोसिएसनले फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचन स्वच्छ, स्वतन्त्र र निष्पक्ष बनाउन सरकारको अभियानमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
- बार एसोसिएसनका पदाधिकारीले गृहमन्त्री ओमप्रकाश अर्यालसँग भेट गरी मुलुकमा शान्ति सुव्यवस्था र सुशासनको प्रत्याभूति दिलाउन आग्रह गरेका छन्।
- उनीहरूले भ्रष्टाचार नियन्त्रण र कानुनी शासनसम्बन्धी जेनजी पुस्ताले उठाएको माग सरकारको ध्यानाकर्षण गराएको गृहमन्त्रीको सचिवालयले जनाएको छ।
२९ असोज, काठमाडौँ । सर्वोच्च अदालत बार एसोसिएसनले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष तुल्याउने सरकारको अभियानमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
गृहमन्त्री ओमप्रकाश अर्यालसँग सर्वोच्च अदालत बार एसोसिएसनका कार्यवाहक अध्यक्ष अम्बर राउतसहितका पदाधिकारीले आज भेट गरी मुलुकमा शान्ति सुव्यवस्था र आमजनतामा सुशासनको प्रत्याभूति दिलाउन आग्रह गरे ।
उनीहरूले भ्रष्टाचार नियन्त्रण, कानुनी शासनलगायत जेनजी पुस्ताले उठाएको माग सम्बोधन गर्न पनि सरकारको ध्यानाकर्षण गराएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4