+
+
Shares

संसद् पुनर्स्थापना मागबारे सभामुखलाई बारको सुझाव– स्वविवेकीय अधिकार प्रयोग गर्नुस्

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ३० गते १७:५७
फाइल तस्वीर

३० असोज, काठमाडौं । नेपाल बार एसोसिएसनका पदाधिकारीहरूले संसद् पुर्नस्थापनाको माग लिएर सर्वोच्च जानेबारे स्वविवेकीय अधिकार प्रयोग गर्न सभामुखलाई सुझाएका छन् ।

सभामुख घिमिरेले बिहीबार पूर्वमहान्यायाधिवक्ताहरू तथा बार एसोसिएसनका पदाधिकारीसँग अलग–अलग छलफल गरेका थिए ।

त्यसक्रममा नेपाल बार एसोसिएसनका पदाधिकारीहरूले प्रतिनिधिसभा विघटनको सिफारिस र त्यसपछिको निर्णय संविधानको मर्म र लोकतान्त्रिक शासन व्यवस्थासँग प्रतिकूल रहेको बताए ।

जेनजी आन्दोलनको पृष्ठभूमिमा अन्तरिम सरकार गठन भएको र अन्तरिम सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन भएकाले यसलाई कसरी हेर्ने भन्ने कोण पनि रहको बताए ।

‘संसद् विघटनले उत्पन्न असमञ्जसतालाई संवैधानिक प्रक्रियाबाट समाधान गर्न सभामुखले संस्थागत नेतृत्व गर्न स्वविवेकीय अधिकार प्रयोग गर्न सक्नुहुन्छ’ सभामुखलाई नेपाल बार एसोसिएसनका पदाधिकारीहरूको सुझाव छ ।

प्रतिनिधिसभाको प्रमुख संरक्षकको हैसियतले सभामुखले राजनीतिक दलहरूबीच संवादको वातावरण सृजना गरी संविधानवाद र विधिको शासन जोगाउन पहल गर्नुपर्ने उनीहरूको राय छ ।

सभामुखलाई राय दिन नेपाल बारका अध्यक्ष विजयप्रसाद मिश्र, महासचिव केदार कोइराला र कोषाध्यक्ष जगतबहादुर कार्की पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?