+
+
Shares

टेलर स्विफ्टको रेकर्डै रेकर्ड, बिलबोर्डको सबै सूची कब्जा

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज ३१ गते ७:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • टेलर स्विफ्टको नयाँ एल्बम ‘द लाइफ अफ अ शोगर्ल’ले बिलबोर्ड चार्टमा ४.००२ मिलियन एल्बम युनिट्ससहित शीर्ष स्थानमा डेब्यू गरेको छ।
  • ‘द लाइफ अफ अ शोगर्ल’ले ३४ लाख ७९ हजार ५०० शुद्ध एल्बम बिक्री गर्‍यो र १.३ मिलियन भिनिल प्रतिलिपिहरू थिए।
  • स्विफ्टले डिज्नी प्लससँग मिलेर ‘टेलर स्विफ्ट : द इरास टुर’ नामक ६ भागको वृत्तचित्र डिसेम्बरमा सार्वजनिक गर्ने घोषणा गरेकी छिन्।

लस एन्जलस । टेलर स्विफ्टको नयाँ एल्बम ‘द लाइफ अफ अ शोगर्ल’ ले बिलबोर्डको रेकर्ड तोड्दै शीर्ष स्थानमा कब्जा जमाएको छ ।

चार्ट कम्पनीका अनुसार स्विफ्टको १५ औं एल्बमले ४.००२ मिलियन बराबरका एल्बम युनिट्स (शुद्ध एल्बम बिक्री र स्ट्रिमहरूसहित) सँग डेब्यू गरेको थियो, जुन आधुनिक युगमा अहिलेसम्मकै उच्च संख्या हो ।

बिलबोर्डका अनुसार, ‘द लाइफ अफ अ शोगर्ल’ले ३४ लाख ७९ हजार ५०० शुद्ध एल्बम बिक्री गर्‍यो जसमध्ये १.३ मिलियन एल्बमको भिनिल प्रतिलिपिहरू थिए ।

स्विफ्टले एल्बम बिक्रीमा पपस्टार एडेललाई पनि उछिनेकी छन् । सन् २०१५ मा एडेलको एल्बमले ३.४८२ मिलियन युनिटको पहिलो हप्ताको बिक्री रेकर्ड राखेको थियो । ‘द लाइफ अफ अ शोगर्ल’ अमेरिकामा एकै हप्तामा ४० लाख युनिटभन्दा बढी युनिट कमाउने इतिहासको पहिलो एल्बम हो ।

‘मसँग ४० लाख धन्यवाद र पहिले भन्दा बढी गर्व गर्न सक्ने ४ लाख कारण छन्’ स्विफ्टले इन्स्टाग्राममा लेखिन् “फिल्म थिएटरमा यो प्रोजेक्ट मनाउन निस्कनु भएकोमा, भिनिलमा लगानी गर्नु भएकोमा, स्ट्रिमिङ गर्नु भएकोमा, भिडियो हेर्नु भएकोमा, सीडीहरू किन्नुभएकोमा, प्याकेजिङ भित्र मैले लेखेका कविता पढ्नु भएकोमा र द लाइफ अफ अ शोगर्ल भित्र आफूलाई डुबाउनु भएकोमा धन्यवाद । म यो भावनालाई सधैंभरि कदर गर्नेछु ।’

‘द लाइफ अफ अ शोगर्ल’ सँगै, स्विफ्ट ‘बिलबोर्ड २००’ मा १५ नम्बर एल्बम स्कोर गर्ने इतिहासमा पहिलो एकल कलाकार बनेकी छिन् । सन् १९५६ मा ‘बिलबोर्ड २००’ साप्ताहिक रूपमा प्रकाशन गर्न थालेदेखि उनीसँग दोस्रो सबैभन्दा धेरै नम्बर १ एल्बम छन् र उनीभन्दा अगाडि द बीटल्स (१९ नम्बर १) मात्र छ ।

स्वाभाविक रूपमा, एल्बमको ठूलो सफलता एकल चार्टमा पनि महसुस गरियो । ‘द फेट अफ ओफेलिया’ हट १०० मा नम्बर १ मा डेब्यू भयो ।

यस हप्ताको ‘हट १००’ मा शीर्ष १२ गीत ‘द लाइफ अफ अ शोगर्ल’का गीतले ओगटेका छन् । स्विफ्टले यसअघि सन् २०२२ मा ‘मिडनाइट्स’ र सन् २०२४ मा ‘द टर्चर्ड पोएट्स डिपार्टमेन्ट’मार्फत शीर्ष १० मा स्थान बनाएकी थिइन् । इतिहासमा अन्य कुनै पनि कलाकारले यो एक पटक पनि गर्न सकेका छैनन् ।

सोमबार स्विफ्ट र डिज्नी प्लसले ‘टेलर स्विफ्ट : द इरास टुर । द एन्ड अफ एन इरा,’ को ६ भागको डकुमेन्ट्रीको घोषणा गरेका थिए । डिज्नी प्लसले डिसेम्बरमा वृत्तचित्रसँगै कन्सर्ट फिल्म ‘द इरास टुर : द फाइनल शो’ पनि ल्याउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?