+
+
WC Series
विराटनगर किंग्स 2025
0/0
VS
लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares
फोर्ब्स सूची :

टेलर स्विफ्ट सन् २०२५ मा मनोरञ्जन जगतमा सबैभन्दा शक्तिशाली महिला घोषित

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर २५ गते १७:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फोर्ब्स म्यागजिनले सन् २०२५ का मनोरञ्जन तथा मिडिया क्षेत्रमा विश्वकै सबैभन्दा शक्तिशाली महिला टेलर स्विफ्ट घोषित गरेकी छ।
  • स्विफ्ट मनोरञ्जन विधातर्फ पहिलो स्थानमा छिन् भने ओफ्रा विन्फ्रे दोस्रो र बेयन्से तेस्रो स्थानमा छन्।
  • युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन देर लेयन समग्र सूचीको शीर्षस्थानमा छिन्।

न्यूयोर्क । पपस्टार टेलर स्विफ्ट सन् २०२५ मा मनोरञ्जन तथा मिडिया क्षेत्रमा विश्वकै सबैभन्दा शक्तिशाली महिला घोषित भएकी छिन् । फोर्ब्स म्यागजिनले विहिबार यसवर्षको शक्तिशाली महिलाको सूची सार्वजनिक गरेको छ ।

स्विफ्ट सूचीको २१ औं स्थानमा छिन् । मनोरञ्जन विधातर्फ उनी पहिलो स्थानमा हुँदा टेलिभिजन पर्सनालिटी तथा सामाजिक अभियन्ता ओफ्रा विन्फ्रे सूचीको दोस्रो स्थानमा छिन् । पपस्टार बेयन्से तेस्रो स्थानमा छिन् ।

हलिउड स्टुडियो डिज्नी इन्टरटेनमेन्टकी सह-संस्थापक डाना वाल्डेन सूचीको चौंथो स्थानमा छिन् । एनबीसी युनिभर्सल स्टुडियोकी अध्यक्ष डोना लेंगली पाँचौं स्थानमा छिन् ।

नेटफ्ल्क्सिकी प्रमुख कन्टेन्ट अधिकृत बेला बजारिया, फक्स न्यूजकी सीइओ सुजैन स्कट, स्क्म्सिकी सह-संस्थापक किम कार्दासियन, सीबीएसकी प्रधान सम्पादक बेरी वेइस, संचार उद्यमी मो अबुदु, नेटफ्ल्क्सि तथा सोनी पिक्चर्सको एनिमेसन फिल्म ‘द वूमन अफ केपप डेमन हन्टर्स’ क्रमशः सूचीमा समावेश छन् ।

समग्र सूचीको शीर्षस्थानमा भने युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन देर लेयन छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?