+
+
Shares

टेलर स्विफ्टले १२ औं एल्बम ‘द लाइफ अफ अ शो गर्ल’ ल्याउने

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन २७ गते १२:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पपस्टार टेलर स्विफ्टले आफ्नो १२ औं एल्बम ‘द लाइफ अफ अ शो गर्ल’ ल्याउने घोषणा गरेकी छन्।
  • एल्बमको भिनिल संस्करण अक्टोबर १३ भन्दा अघि आउने अपेक्षा गरिएको छ।
  • गत मे महिनामा टेलरले आफ्ना सुरुवाती ६ एल्बमको प्रतिलिपि अधिकार फिर्ता लिएको जनाएकी थिइन्।

काठमाडौं । पपस्टार टेलर स्विफ्टले आफ्नो १२ औं एल्बम ‘द लाइफ अफ अ शो गर्ल’ ल्याउने घोषणा गरेकी छन् ।

‘उल्टो गणना’को टाइम सकिएको केही घण्टापछि ग्रामी विजेता गायिकाले वेबसाइटमार्फत नयाँ एल्बम ल्याउने जनाएकी हुन् ।

एल्बम कहिले आउने भन्ने कुराको मिति घोषणा गरिएको छैन तर, एल्बमको भिनिल संस्करण अक्टोबर १३ भन्दा अघि नै आउने अपेक्षा गरिएको छ ।

गतवर्ष रिलिज भएको पपस्टारको एल्बम ‘द टर्चड पोएट्स डिपार्टमेन्ट’ले स्पोटीफाईमा थुप्रै कीर्तिमान रचेको थियो । स्पोटीफाईमा एकैदिनमा सर्वाधिक स्ट्रिमिङ हुने गीतको रेकर्ड यसले रचेको थियो ।

स्विफ्टको नयाँ एल्बमको टाइटल केल्सीको पडकास्टमार्फत सार्वजनिक गरिएको थियो । आफ्नो बहुचर्चित ‘इरास टूर’पछि स्विफ्टको सन् २०२५ तुलनात्मकरुपमा शान्तरुपमा सुरु भएको छ ।

गत मे महिनामा टेलरले आफ्ना सुरुवाती ६ एल्बमको प्रतिलिपि अधिकार फिर्ता लिएको जनाएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?